Tuesday, 20 August 2024

अच्यूत घिमिरे ः परिचय, प्रवृत्ति र लघुकथा

अच्यूत घिमिरे

माता÷पिता ः चन्द्रलक्ष्मी घिमिरे÷गोविन्दप्रसाद घिमिरे

जन्ममिति ः वि.स. २०२८ असार २ गते

जन्मस्थान ः होक्लाबारी, मोरङ

पहिलो प्रकाशित लघुकथा ः युगबोध मासिकमा वर्ष १, अंक २, २०५१ काठमाडौंंमा प्रकाशित रुपा लघुकथा

लघुकथा कृति ः शिखर चढिरहेको मान्छे २०६१, एवम् भुइँचालोको डर २०७२


पत्रपत्रिका सम्पादन ः पूर्णिमा त्रैमासिक, दोमुखा मासिक, कनकाई प्रवाह वार्षिक, नवरङ्ग वार्षिक, सुखानी वार्षिक, भानु मासिक, सुलेख मासिक, आलेख मासिक

कृति सम्पादन ः सुरभि स्रष्टा परिचय २०६६,, झापाली स्रष्टा र साहित्य–२, पहाडदेखि मधेससम्म संस्मरण सङ्ग्रह २०७४ एवम् अक्षरका रङहरू नियात्रा सङ्ग्रह २०७५ 

सम्पर्क नम्बर ः ९८५१११४०६६


प्रवृत्तिहरू ः 

 — राजनीतिक विसङ्गतिको आलोचना ।

— समाजमा रहेकोे अन्धविश्वास एवम् विभेदका घटनाप्रति छेड प्रहार ।

—साहित्यकारका पीडाको अभिव्यक्ति । 

— आरक्षणले ल्याएको समस्याको प्रस्तुति ।  

— शैक्षिक विकृतिको चित्रण । 

—सम्वादात्मक शैली  । 

— व्यङ्ग्य र विद्रोहको समुचित प्रयोग । 


ज्वाँइको सत्कार

जेठान राजधानी सहरमा व्यापार व्यवसाय गरेर बस्थे । उनी एउटा फ्ल्याट लिएर आनन्दले बस्छन् भन्ने सुनेको थिएँ उसले । रहर न हो, उसलाई सहरको रमझम हेर्न मन लाग्यो । र हानियो सहरतिर । 

गाउँको मान्छे सहरमा पहिलोचोटि पाइला टेक्दा उसलाई संसार जितेको महसुस भयो । बडेमानका महलहरू, गाडी नै गाडी, पहिलो हेराइमा देखिएका यी दृश्ले उसलाई खुब आनन्द आइरहेको थियो । 

जेठान बसपार्कमै लिन आएका थिए उसलाई । सोच्यो, “मेरा जेठान निकै जाति रहेछन् ।”

खेतीपाती सकिएकाले फूर्सदको समय थियो । घरबाट हिँड्दा दस–पन्ध्र दिन जेठानकामा बसेर सहरका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थलहरू हेर्ने कुरा मनमा खेलाएको थियो उसले । 

सहर आएको दुई दिनसम्म थकाइले गर्दा ऊ कति हिँड्न सकेन । तेस्रो दिन बिहानै ऊ सहर डुल्न मूल ढोका खोलेर निस्केको मात्र के थियो । जेठानले एकैछिन रोकेर भने–“जुवाँई, सहर बजारमा धेरै दिन पाहुना बस्नु हुँदैन । हामी भोलि पोखरा जाँदै छौं । तपाईँ भरेकै नाइटमा गाउँ जाने व्यवस्था गर्नुहोस् ।” जेठानको कुरा सुनेर हिँडन आटेका उसका पाइला टक्क अडिए । ऊ पुनः कोठाभित्र छि¥यो र थोत्रो झोला बोकेर बस स्टपतिर हानियो । ज्वाईँ हिँडेको दृश्य देखेर जेठान मुसुमुसु हाँसिरहेका थिए । ऊ भने आफ्ना अतृप्त रहरहरू मनमै राखेर एकतमासको बनेको थियो । 

नाइट बसबाट सहरको धुर्मैलो दृश्य हेर्दै ऊ सोच्दै थियो–जेठानले ज्वाँईको सत्कार राम्ररी नै गरे । 


सर्वहाराको स्कुल

सहरको मध्य भागमा रहेको त्यस बोर्डिङ स्कुलको चर्चा चारैतिर थियो । सर्वहाराको स्कुलको नेतृत्व गर्ने क्रान्तिकारी बामपन्थीहरूको समूहले चलाएको स्कुल हो त्यो । स्कुलको विज्ञापन खुब गरेका छन् उनीहरूले । स्कुलको विज्ञापन खुब गरेका छन् उनीहरूले । बोल्न साह्र्रै सिपालु संस्थापकहरू भेट भएकाहरूलाई लट्ठै पा¥यो । 

अभिभावकहरूको किन यस स्कुलमा छोराछोरी पढाउन मरिहत्ते गरेको होलान् < कहिलेकाँही मनमनै प्रश्न खेलाउँथ्यो ऊ । कक्षा एकको भर्ना शुल्क चालिस हजार, मासिक शुल्क सात हजार खेलकुद, कम्प्यूटर, पुस्तकालय, साहित्य लगायतका शुल्क सहित कक्षा १० मा पढ्ने विद्यार्थीले कति शुल्क तिर्नुपर्ला ।” फुर्सदको बेला एकान्तमा सोच्ने गथ्र्यो ऊ ।

स्कुलको कुराले धेरै दिनदेखि उसको मन बेचैन भएको थियो । एकदिन संस्थापकमध्येका प्रमुखलाई भन्यो उसले–“हैन हो, तपाईँहरू मान्छे वामपन्थी, तपाईँको स्कुलमा गरिबका छोराछोरी पढ्छन् त <” 

“पढ्दैनन् ।” सहजै उत्तर दिए उनले ।

“हामीले पैसा कमाउन खोलेको स्कुल हो ।” प्रश्नको अपेक्षा नगरी पुनः भने उनले । 

“वामपन्थीले त गरिबको भलाई गर्ने होइन, तपाईँहरू त धनीलाई नै योग्य बनाउँदै हुनुहुन्छ, धनी र गरिबबिचको खाडल त झन् बढ्ने भयो नि ।” उसले फेरि भन्यो । 

“के गर्नु मित्र, व्यवहार र सिद्धान्तका कुरा मिल्दैनन् हाम्रो देशमा ।” कुनै सङ्कोच नै नमानी उनले भने । उसले अब केही बोल्नु आवश्यक ठानेन । दस वर्ष अगाडि फ्याट फ्याट चप्पल पड्काउँदै हिँडने सर्वहारा कमरेडको अभावको जीवनलाई एकचोटि झलक्क सम्झायो उसले । र बडेमानको त्यो बोर्डिङ स्कुल अनि कारमा सवार हुनै लागेका तिनै सर्वहारा कमरेडको पोटिलो अनुहारलाई हेरिरह्यो ।  

    




No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...