Saturday, 24 August 2024

हरि थापा ः परिचय, प्रवृत्ति र लघुकथा

हरि थापा 

माता÷पिता ः सावित्रीकुमार थापा एवम् केसरबहादुर थापा
जन्ममिति ः २०१० वैशाख ४
जन्मस्थान ः चाँगुनारायण–४, भक्तपुर
पहिलो प्रकाशित लघुकथा ः मधुपर्क लघुकथा विशेषांक २०७२ भदौ, पूर्णाङ्क ५५५ मा प्रकाशित विश्वास लघुकथा
लघुकथा कृति ः परिमित (२०७३)
कथा कृति ः अक्षरेखा (२०५६), व्यथाहरूको कथा (२०७१) एवम् परदेशको व्यथा  (२०७५)
थप परिचय ः
—नेपालमा सरकारी सेवामा लामो समय कार्यरत ।
—हाल अमेरिका बसोबास ।
—साबित्री–केसर कथा सम्मान एवम् गुरू रामप्रसाद साहित्य सम्मानका संस्थापक ।
सम्पर्क नम्बर ः ८५७३३३६००६ (अमेरिका)

प्रवृत्तिहरू ः 
 — राजनीतिक विकृतिको आलोचना ।
— पुस्तान्तरणका समस्याको प्रस्तुति ।
—आधुनिक सभ्यताका नाममा देखापरेका विसङ्गतिको आलोचना । 
—मानवीय सम्वेदनहीनताप्रति चिन्ता ।  
—स्वास्थ्य क्षेत्रका विकृतिप्रति व्यङ्ग्य । 
—प्रशासनिक क्षेत्रका विसङ्गतिको आलोचना । 
— एक वाक्यका शिर्षकको प्रयोग । 
— लघुता एवम् सटिक प्रस्तुति ।

पर्दा
श्रीमानको सरुवासँगै विनिता फ्रान्स पुगेकी थिई । उसले साधारण फ्रेन्च भाषा देशमै सिकेर गएकी थिई । त्यो राम्रै पनि भयो । त्यहाँ पुगेपछि बाहिर निस्कनासाथ सबैतिर फ्रेन्त भाषा नै बोल्नुपर्ने भएकाले निकै अभ्यास भएको थियो उसलाई ।

केही समयपछि नयाँ ठाउँका विषयमा अनुभव बटुल्ने उत्सुकताले कुत्कुत्यायो उसलाई । अतः श्रीमान कार्यालय हिँडेपछि ऊ पनि पार्क जान निस्की । 

बस स्ट्यान्डमा गएर पार्क जाने बसको नम्बर पत्ता लगाएर बसी । पार्कको ढोका बाहिर पुगेर बस रोकियो । ऊ ओर्लेर पार्कभित्र पसी । पार्क घनाजङ्ग जस्तो थियो । ऊ पर एकान्तमा गएर एउटा बेन्चमा बसेर यताउता आँखा घुमाउँदै थिई ।

“म मितराँ ! यहाँसँग बस्न सक्छु ?” एउटा अधबैँसेले सोध्यो । 

विनिताले पनि आफ्नो परिचय दिएर अप्ठ्यारो मान्दै सँगै बस्ने स्विकृति दिई । उनीहरूको नयान् मित्रता दिनभरिको कुराकानीसँगै घनिष्ट बन्दै गयो । छुटिने बेलामा उसले ओठ जोड्न ल्यायो । त्यसलाई विनिताले विदेशी सभ्यता ठानी । 

क्रमिक रूपमा उनीहरू बीचको उठबस बाक्लिँदै गयो । 

पार्कका हरेक बेन्चहरू नारीपुरुषका जोडीहरूले भरिएका हुन्थे । त्यहाँको वातावरण विनितालाई रमाइलो लाग्थ्यो । मुख जोडिरहेका दृश्य देखिन्थे कतै भने कतै आलिङ्गनमा मस्त बाँधिएका दृश्यहरू  । यस्ता दृश्यहरूले विनिताको मन कुत्कुतिन्थ्यो । 

हरेक दिन त्यस पार्कमा गएर रमाइलोसँग समय बिताउने दैनिकी नै बनिसकेको थियो उनीहरूको । मितराँको स्पर्श पनि निकै प्यारो लाग्न थालेको थियो बिनितालाई ।

एक दिन मितँरा विनितालाई घरमा पु¥याउन आइरहेको थियो । अर्कोतिरबाट विनिताको श्रीमाना साथीहरूसँग फूटपाथमा गफिँदै आइरहेको थियो । त्यसै बेला इन्टरसेक्सनमा रेड लाइट बल्यो । विनिता मितराँको काखमा घोप्टो परेर श्रीमानसँग छेका परी ।

”यो गाडीको झ्यालमा पर्दा राखन मितराँ ?”  विनिताले भनिन् ।

सहारा
गौंथली अमेरिका पसेको सत्र–अठार वर्ष भएछ । ऊ गौँथलीबाट नान्सी भएकी छ । अमेरिकन नागरिकता लिँदा उसले आफ्नो नाम परिवर्तन गरेकी थिई ।

ऊ स्वाभिमानी छ । हातखुट्टा नचलुन्जेल बसेर खानुहुन्न भन्ने उसको मान्यता छ । त्यसैले छ दशक पार गरिसक्दा पनि ऊ दिनको आठ घण्टा काम गरिरहेकी छ । बेलाबेला भन्छे, “भगवान हात थापेर खान नपरोस ।” उसको यो विचार प्रशंसनिय मान्नुपर्छ । 

उसको तीन जनाको सुखी परिवार छ । लोग्ने उही सरह खटेर काम गर्छ । छोराको झन् कुरै भएन । राम्रो कमाइ गर्छ ऊ तर जति कमाउँछ, त्यो भन्दा बढ्ता उडाउँछ पनि । घरको सम्पुर्ण खर्च उसका जोईपोईले नै धान्दै आएका छन् । 

नान्सीको छोरो साह्रै चलाख छ । आमासँग बजार जान्छ । आमाले कुनै सामान किनेपछि ऊ आफूलाई चाहिने जति सामान टिप्छ । पैसा तिर्ने काउन्टरमा पुग्दा आफूले किनेको सामानभन्दा धेरै बढी छोराले किनेको सामानको पैसा तिर्नुपर्छ नान्सीले र भन्छे, “के हो यो ? यत्रो सामानको पैसा कहाँबाट तिर्नु मैले ?”

“आ मम्मी पनि । कार्ड घोट्ने त हो नि ।”

“अँ, कार्ड घोटेर मात्र हुन्छ । पछि बिलको पैसा कसले तिर्छ नि ?” 

“मेरो मम्मीले । मेरो मम्मी कति राम्रो ।” भन्दै फुक्र्याउँछ ऊ । छोरालाई पछिको सहारा मान्छे नान्सी । आखिर छोरो न भयो । मुख देख्दै मन पग्लेर आउँछ उसको । 

“ममी, मेरो खातामा दूई हजार डलर हालिदिनु न ।” छोराले भन्यो । 

“किन चाहियो त्यत्रो पैसा ? छैन मसँग ।”

“ह्या ममी पनि, त्यो बैंकमा पैसा राखेर के काम ?”

“पछिलाई चाहिन्न ? कसले पाल्छ पछि हामीलाई ?”

“सरकारले ।” छोराले जवाफ दिन्छ ।  
 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...