Wednesday, 21 August 2024

राजुराम मुनंकर्मी ः परिचय, प्रवृत्ति र लघुकथा

राजुराम मुनंकर्मी

माता, पिता ः हिरादेवी मुनंकर्मी, सिद्धिराम मुनंकर्मी
जन्ममिति ः वि.स. २०२० साउन १
जन्मस्थान ः चोछेँ टोल–६, भक्तपुर 
पहिलो प्रकाशित लघुकथा ः साहित्य सागर पत्रिकामा २०५५ सालमा प्रकाशित यथार्थता लघुकथा
लघुकथा कृति ः अन्तर्दव्न्द  (२०६२)
घाः चिबाखँ मुना (नेपाल भाषा) २०७६ । ने.सं ११३९
बालकथा ः कैले बाँदर (२०६६)
पुरस्कार ः राष्ट्रव्यापी खुल्ला लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार  (२०६२)  नेपाल भाषाको घाः शीर्षकको लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार (२०७५)
सम्पर्क नम्बर ः ९८४१३०७४८१
थप परिचय ः
नेपाल र नेपाली दुवै भाषामा लेखन ।
भक्तपुर साहित्य समाजका पूर्व अध्यक्ष ।
नेपाल बैंक लिमिटेडबाट अवकाशप्राप्त ।

प्रवृत्तिहरू ः 
— राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्य ।
— सामाजिक क्षेत्रका ढोँग, सम्वेदनहीनता, स्वार्थजन्य गतिविधिप्रति आलोचना । 
—पारिवारिक जीवनका घटनाको प्रस्तुति । 
— समसामयिक चेतनाको प्रभाव । 
— साहित्यिक–सांस्कृतिक क्षेत्रका विकृतिको आलोचना । 
—आधाुनिक सभ्यताको प्रभावको चर्चा ।
— ससाना आकारका रचनाको प्रस्तुति ।  
—सम्वादात्मक शैलीका साथै व्यङ्ग्यात्मक अभिव्यक्ति । 

वचनबद्धता
एकजना प्रतिष्ठित साहित्यकार एक दिन कुनै पुस्तकालयद्वारा आयोजित पुरस्कार वितरण समारोहमा आफ्नो सारगर्भित भाषण गर्दै आफ्नो मौलिक कृतिहरू समेत पुस्तकालयलाई निःशुल्क सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गर्दै हुनुहुन्थ्यो । समयको परिवर्तनसँगै रेडियोबाट प्रतिष्ठित साहित्यकारज्यू मन्त्रीमा नियुक्ति पाउनु भएको खबर आउँछ । पुस्तकालयका पदाधिकारीहरूको खुसीको सिमाना रहेन । ठूलो अभिलाषा राख्दै मन्त्रीज्यूलाई बधाई ज्ञापनका साथै उहाँको वचनको स्मरण गराउन मन्त्री क्वार्टरमा महिनौं दिन धाउँछन् । तर मन्त्रीज्यूको व्यस्तताले तिनीहरू आफ्नो लक्ष्यप्राप्तिमा असमर्थ हुन्छन् । समयको परिवर्तनसँगै पुनः रेडियोबाट खबर आउँछ, “मन्त्रीमण्डल विघटन, नयाँ सरकार गठन ।”
अचेल भु.पु. भैसकेका मन्त्रीज्यू विगतका दिनहरूमा आफूले गरेका वचनबद्धता सम्झिने गर्नुहुन्छ । 

अन्तरक्रिया
एकदिन विभिन्न नेता र जनताबिच एउटा खुल्ला अन्तरक्रिया कार्यक्रमको आयोजना भैरहेको थियो । जनतको तर्फबाट विभिन्न कोणहरूबाट प्रश्नहरू भटटट बर्सिरहेको थियो भने विभिन्न नेताहरूको कोणबाट रटटट गरी जवाफहरू आइरहेका थिए ।
प्रश्न ः प्रजातन्त्रको उपलब्धि के भयो ?
उत्तर ः विभिन्न समयमा गरेका ‘प्रतिबद्धता र वचनबद्धता’ ।
प्रश्न ः छिमेकी मुलुकको बेला बेलामा देखापर्ने कुृदृष्टि र थिचोमिचो व्यवहार झन् बढी हुनुको कारण के हो ?  
उत्तर ः त्यो हाम्रो ‘विवशता’ अनि ‘बाध्यता’ हो ।
प्रश्न ः हिजोसम्म पनि पानी बाराबार भै एकले अर्कालाई गाली गर्ने अनि आज फेरि उसैसँग मिलोमतो हुनु यो के हो ?
उत्तर ः त्यो हाम्रो ‘कार्यगत एकता’ हो । 
प्रश्न ः माथिल्लो तहमा हातेमालो हुनु, तल्लो तहमा हानाहान हुनु के हो ?
उत्तर ः यो त ‘नेता’ र ‘कार्यकर्ता’ बिचको ‘मतभिन्नता’ हो ।

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...