![]() |
| युवराज मैनाली |
माता, पिता ः रेवती मैनाली, केदारनाथ मैनाली
जन्ममिति ः २०१७ चैत्र १०
जन्मस्थान ः कानपुर, काभ्रे
पहिलो प्रकाशित लघुकथा ः सुलेख मासिक पत्रिकाको पूर्णाङ्क १४, २०७० भदौ मा प्रकाशित यो पनि दन्त्यकथा लघुकथा
लघुकथा कृति ः पृथक बाटो (लघुकथासङ्ग्रह, २०७५)
कथा कृति ः मुर्दा बोल्यो (कथासङ्ग्रह, २०३७)
पुरस्कार÷सम्मान ः अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार (२०७६)
(पृथक बाटो लघुकथा कृतिका लागि)
सम्पर्क नम्बर ः ९८४१५२६६७०
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिप्रति आलोचना ।
— मानवअधिकारको हननप्रति चिन्ता ।
— आधुनिक सभ्यताले निम्त्याएको जटिलताको प्रस्तुति ।
— सामाजिक सञ्जालको दुरुपयोगका कारण उत्पन्न समस्याको चित्रण ।
— उखानको प्रयोग ।
—सम्वादात्मक शैलीको प्रयोग ।
— निबन्ध लेखनको शैली ।
वातावरण
‘सर्वाधिक’ शब्दप्रति डाहा लागेर आउँछ मलाई । विज्ञापन पढ्छु–
–सर्वाधिक बिक्री भएको उपन्यास,
–सर्वाधिक चलेको पत्रिका,
–सर्वाधिक बिक्ने....फलानो...ढिस्कानो....।
–जुन मैले प्रयोग गर्दै आएको तेल छ, त्यो सर्वाधिक मिसावटवाला छ । पौष्टिक बनेर चलाइआएको घिउमा सर्वाधिक अरू नै थोक घुलिएको छ । दूधमा के–के घुलिएझैं । यी यथावत कुराहरूले मेरो मनमा ‘सर्वाधिक डर’ उत्पन्न गराएको छ । म मा बिरामीहरूको डर छ जसले असमायिक मृत्युको डर आँखाभरि छापिएको पाएको छु मैले ।
पुरस्कार
“लौ न नि ! के बित्यास गर्न लागेको यो मान्छेले ? छोरीको बिहेको निम्ति साँचेको रुपियाँ के गर्न लागेको हो यो ?” देवकी दराजमा राखेको नोटको चाङ आफ्नो पतिले निकालेर ब्यागमा ठुस्दै र्गा आत्तिएर कराई ।
“नकरा, चुप लाग् ! केही दिनको लागि हो यो । जस्ताको त्यस्तै फिर्ता आउँछ ।”
अरू अचम्मित हुँदै देवकीले भनिन्–“कसलाई सापटी दिन लागेको यतिको पैसा ? जुवा त खेल्न लागेको होइन यो मान्छेले ?”
“बढ्ता बकबक नगर् है, भन्दिया छु । तेरो लोग्नेको इज्जत बढ्नेवाला छ । त्यही इज्जतको नासो बुझाउन लाग्या के ।...एक हप्तामा सबैकुरा थाहा पाउने छेस् । बुझिस् ? ....के बुझ्नु छ र ! ल, अहिले म हिँडे ।” ब्यागमा ताला लगाउँदै रमेश हिँडे । देवकीले ट्वाल्ल परेर हेरिरही ।
पाँचौ दिनमा रमेश आफ्नो परिवारसहित सभा हलमा पुगे । त्यहाँ रमेशको साहित्यिक योगदानको चर्चा भयो । रमेशलाई दोसल्ला ओढाइयो । अनि नगद एक लाख एक हजार एक सय एकको थैलीको भेटी पनि चढाइयो । नगद रकमको अङ्क सुनेर फुलाएका रमेशको नाक अलिक खुम्चियो । तैपनि मन मारेर उनले आभार गरे । आयोजक, प्रमुख अतिथि, अन्य अतिथि र परिवारसहित समूहगत तस्वीर खिचियो । चियापानको बेला आयोजक प्रमुख पुगेर रमेशले काननिरै पुगेर सुटुक्क सोध्यो–“पचास हजार पुगेन नी ! के गरेको यो ?”
“हत्तेरीका ! त्यति पनि बुझ्नुभएन । यति खर्च त समारोहमा लागिहाल्छ नि !”सँगै बसेकी देवकीले पनि यो कुरा सुनी । समोसा टोक्दै गरेकी उसको घाँटीमा समोसाले घोच्यो । ऊ खोक्न थाली ।

No comments:
Post a Comment