![]() |
| सिन्धु गौतम |
सिन्धु गौतम ः परिचय, प्रवृत्ति र लघुकथा
माता÷पिता ः सीता गौतम, डा. लक्ष्मणप्रसाद गौतम
जन्ममिति ः वि.स. २०४४ कार्तिक २६
जन्मस्थान ः भरतपुर, चितवन
लघुकथा कृति ः कर्कलाको शीत (२०६८) एवम् आजका लघुकथा (संयुक्त, २०७४)
थप परिचय ः
—वीर अस्पतालमा स्टाफ नर्स ।
—लघुकथा समाजको कार्यसमिति सदस्य
सम्पर्क नम्बर ः ९८४१७२६९०१
प्रवृत्तिहरू ः
— राजनीतिक अपराधिकरणप्रति चिन्ता व्यक्त ।
— राजनीतिक विसङ्गतिको विरोध ।
—शिक्षा क्षेत्रका समस्याको प्रस्तुति ।
— स्वास्थ्य क्षेत्रका बेथितिको आलोचना ।
—आधुनिक सभ्यताका नाममा देखिएका छाडा गतिविधिप्रति असहमति ।
—मानवीय सम्वेदनहीनताप्रति चिन्ता ।
— छोटा छोटा अनुच्छेदको प्रयोग ।
— सम्वादात्मक शैलीको प्रयोग ।
— व्यङ्ग्यात्मकता एवम् सन्देशमूलकता ।
सेतो कोट
बेडमाथिको बेडसिट खुम्चिएर एउटा कुनामा जम्मा भएको छ । सबैमा आआफ्नै वेदनाको चिच्याहट छ । म पनि त्यही एउटा बेडको छेउमा मेराी आमालाई सुम्सुम्याउँदै थिएँ । आमाको असहाय वेदना भोग्दै थिएँ मानसिक रुपमा । त्यहाँको भद्रगोल व्यवस्था तथा वास्ता नगर्ने प्रवृत्तिले म गएको केही क्षणमै शिथिल भएकी थिएँ ।
एउटा सेतो कोटको अनुहार परिचित लाग्यो । कतै देखेको अनि बोलेको जस्तो पनि ।
मनमा थोरै साहस बटुलेर केही सहयोग र सल्लाह पाइहाल्ने आशा लिएर नजिकै गएँ । बोल्न खोजेँ तर मेरो सोधाइ प्रतिक्रियाविहीन भयो । आमाको अवस्था एक पटक हेर्नका लागि आग्रह गर्दा पनि वास्ता गरेन त्यो सेतो कोटको परिचित अनुहारले । निराश भएर फर्किएँ आमा पल्टिरहनु भएको बेड नजिकै ।
कताकता मनमा आक्रोश पलायो ।
उही वातावरण, उही चिच्याहट, तर मात्र ठाउँ थियो फरक । के ठाउँले गर्दा मानिसको सिद्धान्त अनि व्यवहार नै फरक हुन्छ त ? आफैले आफैलाई प्रश्न गरेँ ।
उही सेतो कोट एउटा निजी अस्पतालमा एक रूपमा र सरकारी अस्पतालमा अर्को रूपमा थियो ।
नियमपालना
–नियम पालना गरौँ, सभ्य नागरिकको पहिचान दिऔं ।
–बसमा झुण्डिएर जोखिमपूर्ण यात्रा नगरौं ।
–सिट सङ्ख्या र यात्रु सङ्ख्या बराबर ।
–सवारी नियमको पालना गरौं, अकाल मृत्युबाट बचौं ।
–हेल्मेट लगाऔं, आफूलाई जोगाऔं ।
यस्तैयस्तै लेखेका बोर्ड र पर्चाहरू छ्यापछ्याप्ती छन् आजभोलि सडकतिर ।
ट्राफिक प्रहरीको जिम्मा हामी सर्वसाधारणलाई नियम पालना गर्न सहयोग र सर्तक गराउने ।
अलिकति नियम पनि पालना भएकै देखिन्छ सडकतिर । हुन त जुनसुकै सवारी चालकलाई ट्राफिक नियम तोड्दाको मज्जा नै छुट्टै हुन्छ ....।
यही भएरै होला, सबै ठाउँमा पालना गरिँदैन नियम.... ।
आज अनौठो दृश्य ठोकियो आँखैमा ।
बसको अगाडि पछाडि दुवैतिर व्यानर छ ः
‘झुन्डिएर यात्रा नगरौं ।’
बसभित्र कोचाकोच यात्रु छन् ।
बाहिर उतिकै झुन्डिएका छन् ।
एकहातले डन्डी समातेर ती झुन्डिनेमा सर्वसाधारण पनि छन् ।
अनि नियमपालना गराउने जिम्मा लिएका मध्येका एक ट्राफिक पनि......।

No comments:
Post a Comment