![]() |
| डा. गणेशकुमार पौडेल |
माता, पिता ः विष्णुमाया पौडेल, खडकबहादुर पौडेल
जन्ममिति ः वि.स. २०११ फाल्गुन ७
जन्मस्थान ः लिखुतामाकोशी गाउँपालिक (रामेछाप)
हालको ठेगाना ः हेटौंडा उपमहानगरपालिका २, बनस्खण्डी रोड
लघुकथा कृति ः आमाको माया (२०७६)
थप परिचय ः
—लामो समय जनस्वास्थ्य विशेषज्ञका रुपमा सेवा ।
—स्वास्थ्य एवम् साहित्य सम्बन्धित तीन दर्जन जति पुस्तकका लेखक
—विभिन्न साहित्यिक एवम् सामाजिक संघसंस्थामा संलग्न ।
—विभिन्न समयमा राष्ट्रिय–अन्र्तराष्टिय पुरस्कार प्राप्त ।
सम्पर्क नम्बर ः ९८४५०२७६२३
प्रवृत्तिहरू ः
— राजनीतिक जीवनका विसंगत जीवन यथार्थप्रतिको आलोचना ।
—सामाजिक जीवनका विकृतिको विरोध ।
— भ्रष्टाचारजन्य क्रियाकलाप्रति आलोचना ।
— न्यायालयमा हुने ढिलासुस्तीप्रति व्यङ्ग ।
— प्रशासनिक विकृतिप्रति छेड प्रहार ।
—स्वास्थय क्षेत्रका विकृतिप्रति व्यङ्ग्य ।
— मिथक एवम् पशुपंक्षी पात्रको प्रयोग ।
चिकित्सक
रामशरणको दाइने खुट्टाको ऐडी खुस्कियो, जसले गर्दा उसले खोच्याएर हिँड्नु पर्यो । हिँड्दाहिँड्ददै एउटा कार रोखियो । त्यो कारमा हड्डी र नसाका दुई चिकित्सक थिए ।
हड्डीको चिकित्सकले भने–“तिमी हड्डीको कारणले लड्खडाएर हिँडिरहेका छौ । मेरो क्लिनिकमा आऊ, म सन्चो पारिदिन्छु । फेरि त्यहीँ नशाका चिकित्सकले भने–“हड्डीको कारणले होइन, नसाको कारणले हो । मेरो क्लिनिकमा आऊ, म निको पारिदिन्छु ।”
रामशरण रिसाएर जुत्ता देखाउँदै भन्यो, “तपाईँहरू जस्ता नसा र हड्डीको चिकित्सक हैन, मलाई जुत्ताको चिकित्सक चाहिएको छ ।”
आमाको खोजी
बालककालमा आमाको काखमा हुक्र्यो, बढ्यो तर जवान भएपछि सुदिपलाई कानो आमाको छोरा भन्दा ज्यादै घृणा लागेको हुँदा उसले आमा मात्र होइन, गाउँघर त्यागेर मुग्लान पसेको थियो ।
धेरै वर्ष बितेपछि उसलाई एक साधुले भेटी “तिम्री आमाको हालखबर के छ, बाबु ?” भनी सोध्दा उसले भन्यो, “मलाई कसरी चिन्नुभो र मेरी आमालाई किन सोध्नुभयो ?”
“बच्चामा तिमीले चकचक गर्दा तिम्र्रो आँखा फूट्यो, आमाले अस्पतालमा लगि आफ्नो आँखा झिकेर तिमीलाई सध्ये पर्दा आमा कानो भइन् । तिमीलाई धेरै दुःखकष्टले हुर्काएकी थिइन् । त्यसैले सोधेको ।”
साधुको कुरा सुनेपछि सुदिपलाई डाहा र छट्पटी भयो । आमा भन्दै खोज्दै जाँदा आमाको मृत शरिर चित्तामाथि देख्यो ।

No comments:
Post a Comment