Wednesday, 21 August 2024

धर्म सापकोटा राजु ः परिचय, प्रवृत्ति र लघुकथा

धर्म सापकोटा राजु

माता÷पिता ः गंगादेवी सापकोटा एवम् टिकाराम सापकोटा
जन्ममिति ः वि.स. २०३२ श्रावण ६
जन्मस्थान ः दमेक गाउँपालिका, बागथला (बाग्लुङ)
पहिलो प्रकाशित लघुकथा ः मधुपर्कको पुस २०५१ को अंकमा प्रकाशित सरल उपाय लघुकथा 
लघुकथा कृति ः बहिर्गमन (२०७३)
कथा कृति ः बाटो (कथा, २०७६)
सम्पर्क नम्बर ः ९८४०१३३५४७ (नेपाल), ०४४–७५३३००५५१७ (बेलायत)
थप परिचय ः
—वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनमा प्राध्यापन ।
—चितवन र काठमाडौंमा गैरसरकारी संस्थामा रहेर विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्य गरेको ।
—सन् २००८ देखि सपरिवार बेलायतमा बसोबास ।

प्रवृत्तिहरू ः 
 — राजनीतिक विसङ्गतिकप्रति आलोचना ।
— सामाजिक विकृतिको व्यङ्ग्य ।
— प्रशासनिक क्षेत्रका भ्रष्ट्राचार, यौन दुराचार, जातिय विभेदका घटनाको प्रस्तुति । 
— प्रविधिको विकाससँगै देखिएका समस्याको चित्रण ।  
—समाजिक अन्याय, अत्याचार विरोधी चेतनाको प्रस्तुति । 
— व्यक्ति पात्रका असमान्य गतिविधिको चित्रण । 
— पुस्तान्तरणका समस्याको प्रस्तुति । 
— व्यङ्ग्यको समुचित प्रयोग, सम्वादात्मक शैली ।

चाहना
उनी चर्चित महिला अधिकारकर्मी हुन् । छोरीहरू सानै भएपनि गोष्ठी, सेमिनार, धर्ना, र्याली सर्वत्र पुग्छिन् । पत्रपत्रिकामा महिला अधिकारका बारेमा उनका लेखहरू आइरहन्छन् । तसर्थ घरधन्दा र नानीहरूको स्याहार, सुसारको डोको उनका श्रीमानले बोक्दै आएका छन् । उनी यति खरो रुपमा प्रस्तुत हुन्छिन् कि भाषण गर्दा हरेक पुरुषलाई बलात्कारी र शोषकको उपमा दिन भुल्दिनन् । भन्छिन्–“.......अवसर मिलेमा हामी नारीहरू पनि पुरुष सरह काम गर्न सक्छौं । हामी पुरुष बिना पनि बाँच्न सक्छौं ।”

एकदिन उनी अलि ढिलो घर पुगिन् । निकै थकित देखिन्थिन् । घर पुग्दा श्रीमानले छोरीहरूलाई खाना खुवाई सकेर उनलाई नै कुरेर बसेका थिए । खाना खाँदै गर्दा श्रीमानले भने–“राधा, तिमी निकै धपेडी गर्छयौ । आज पनि निकै थाकेजस्ती देखिन्छ्यौ । तिम्रो पेटमा हुर्किँदै गएको बच्चाको पनि त ख्याल गर । दुईचार दिन कार्यक्रममा नगएर केही बिग्रिहाल्दैन ।”

”हुन्छ ! अब म केही दिन कार्यक्रममा जान्नँ । उनले सहजै भनिन् । उनका कुराले श्रीमानको अनुहार चाहिँ उज्यालो भयो तर उनको अनुहारको अँध्यारोपन भने यथावत नै रहिरह्यो । 

श्रीमतीको थकित अनुहारले भन्न खोजेको कुरा सायद उनका श्रीमानले बुझेनन् । अनि सोधे–“तिमी आझ अरु दिनजस्तो फूर्तिली पनि छैनौ । निकै उदास र थकित छ्यौ । भन, के भयो तिमीलाई ?”

केहीबेर श्रीमानलाई हेरेपछि लामो सुस्केरासँगै बोली फुट्यो–“आज भिडियो एक्सरे गरेकी थिएँ । पेटमा अहिले पनि छोरी नै छ रे । भोलि बिहानै अस्पताल जानु छ । एबोर्सनका लागि डेट लिएर आएकी छु ।”   

ग्रीन कार्ड

घरबाट अपरिचित पाहुनाहरू बाहिर निस्केपछि छोरीले सशंकित हुँदै बाउलाई सोधी– ”बाबा तिनीहरू को हुन् ? किन आएका हुन् ? तिनीहरू सँगै आएको केटाले चाहिँ मलाई घुरेर हेर्दै थियो ।“

छोरीले नै आफै सोधपछि बाबाले भने–तिनीहरू तिम्रो बिहेको कुरा लिएर आएका हुन् छोरी । उनीहरूलाई तिमी साह्रै मन पर्यो अरे ।”

छोरीले रिसाउँदै बोली–“बाबा, मलाई नै थाहा नदिई कसरी मान्छेहरू यहाँ बिहेको कुरा लिएर आउँछन् ? म त अहिले मरिगए पनि बिहे गर्दिनँ ।”

आमाले सम्झाइन्–“निर्णय नै त कहाँ भएको छ र छोरी ? निर्णय त तिमीले नै गर्ने हो । हामीलाई त राम्र्रै लागेर हो, तिमी पनि सोच ।”

“ममी, तपाईँ पनि मेरो कुरा प्रष्टसँग सुन्नुस्–“पहिाले कुरा त म पढ्दैछु, मेरो अहिले बिहे गर्ने बेलै भएको छैन । दोस्रो कुरा मलाई मन पनि परेको छैन, यो केटा मेरो लागि योग्य पनि छैन ।”

बाबाले सम्झाउँदै भने–“त्यसो नभन छोरी, केटो उत्तम छ । पढाई पनि राम्रै छ । सम्पति पनि छ । बाबु आमाको एक्लो छोरो हो ।”

बिचैमा कुरा काट्दै छोरीले भनी–“अनि के त ? एक्लो छोरो हुँदैमा मैले नै बिहे गर्नुपर्ने छ र ?”

बाबाले भने–“विदेशमा बस्छ । उतै जागीर खान्छ । त्यति मात्र होइन, अझै उत्तैको ग्रीन कार्ड होल्डर हो रे ।”

बाबाको कुरा सुनेर छोरी एकैछिन मौन भई । मनमनै  दोहोर्याई–‘ग्रीन कार्ड !’ धेरै बेर सोचेपछि एकदम आज्ञाकारी छोरीझैं बनेर भनी–“अब हजुरहरूले मन पराएको केटोलाई मैले कसरी नाईँ भन्नसक्छु र ?” 





 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...