Friday, 16 August 2024

भागिरथी श्रेष्ठ ः परिचय, प्रवृत्ति र लघुकथा



भागिरथी श्रेष्ठ

जन्ममिति ः २००५ असोज १४ आमा, बुबा ः जानकी बजिमय र राजकुमार बजिमय जन्मस्थान ः गुल्मी जिल्लाको रिडीबजार
लघुकथा कृति ः रंगीन पोखरी (२०५०)

कथा कृति ः मालती (२०३३) क्रमशः (२०४४) मोहदंश (२०४४) विभ्रम (२०५०) भूमिगत (२०६३) रातो गुलाफ (२०६५)

पुरस्कार, सम्मान ः रत्नश्री स्वर्ण पदक (२०४३) राष्ट्रिय प्रतिभा पुरस्कार (२०५५) दायित्व वाङ्मय पुरस्कार (२०५९) पूर्ण कृष्ण स्मृति साहित्य पुरस्कार (२०७७) आदि

प्रवृत्तिहरू
— राजनीतिक विसंगतिको आलोचना । — निरंकुशतन्त्रको विरोध । — अवसरवादी राजनीतिको प्रभावको चित्रण । —राजनीतिक संकीर्णताले समाजमा विभाजनको अवस्था बढाएको । — समाजमा हुने अन्याय–अत्याचारको विरोध । — प्रशासनिक क्षेत्रका विसंगतिप्रति व्यङ्ग्य —विदेशमुखी प्रवृत्तिप्रति आलोचना । —आंशिक रूपमा सम्वादको प्रयोग ।

लघुकथा रचना ः
आ–आफ्नो आवश्यकता
           तीन दिनदेखि भोकले लखत्रान भएर लालबहादुर सडकमा रन्थनाउँदै हिँडिरहेको थियो, यसकारणले कि उसले काम पाएको थिएन । हिँडदा हिँडदै एउटा ठूलो घरको पेटीमा एउटा पुरानो कपडा झरेको उसले देख्यो । कपडा लिएर ओर्काइ–फर्काइ हेर्यो र सोच्यो–यति ठूलो कपडा ओडन भइहाल्छ नि । उसले कपडा गुट्मुट्यायो । एउटा बुढो, जसले एउटा कट्टु मात्र लगाएको थियो, काँप्दै सडकको छेउबाट आउँदै गरेको लालबहादुरले देख्यो । उसको हातमा खानेकुरा भएको पोलिथिन ब्याग थियो, जसलाई लोभी आँखाले लालबहादुरले हे¥यो । बुढोले पनि त्यो कपडालाई हेर्न थाल्यो ।
           बूढोले भन्यो–“ए भाइ । मलाई जाडो भइरहेछ । तिमीले लुगा लगाएका रहेछौ । तिमीले समातेको कपडा देऊ । म जाडो छेक्छु । तिमीलाई भोक लागेको जस्तो छ–दोबाटोमा ठूलो टपरीमा खानेकुरा राखेर फालेको रहेछ, त्यही टिपेर ल्याएको छु । तिमी खाऊ र भोक मेट ।”
        लालबहादुरको आँखामा खुशी व्याप्त भयो । उसले बुढोलाई कपडा दियो । बुढोले तुरन्तै ओडेर जाडो आफ्नो छेक्यो । लालबहादुरले तरकारी च्युरा खाएर आफ्नो भोक तृप्त गर्यो ।
रंगीन पोखरी
         ऊ समाजमा रंगहीन भएर बाँच्न चाहन्थ्यो । आफ्नो स्वच्छपन सबैलाई पहिचान गराउने उसको इच्छा थियो, किनभने तटस्थता उसलाई मन पथ्र्यो तर उसको वरिपरि अनेक रंगका पोखरीहरू थिए, जुन पोखरीहरूमा मान्छेहरू आआफ्नो रुची अनुसार र एउटा खास रंगको हुँ भन्ने देखाउन हाम्फाल्थे तर उसलाई ती रंगीन पोखरीहरू प्रति कुनै आस्था र विश्वास थिएन । ऊ सम्झन्थ्यो, ती रंगीन पोखरीहरूको पानीमा विश्वासघात, जाल–फरेब, विकृति र ईर्ष्याका कडा रंगहरूले भरिएको छ । अब ती पोखरीहरूबाट टाढै बस्नु नै कल्याण...। तर जब यी पोखरीहरूमा मान्छेहरू हाम्फाल्थे, तब पानीको छिटाहरू उफ्रेर उसको शरीर बेढङ्गी बनाइदिन्थे, जसले गर्दा ऊ यही रंगको हो भनेर छुट्याउन गाह्रो पथ्र्यो । उसको शरीर भरि लागेको अनेक रंगको छिटाहरू देखेर मान्छेहरू भन्थे, “यो मान्छेमा कुनै खास रंग छैन र यो आफ्नो अवसर अनुसार हरेक पोखरीभित्र डुबुल्की मार्दो रहेछ । आफ्नो पहिचान नभएको मान्छे !
    अन्त्यमा हार खाएर उसले सोच्यो, रंगहीन भएर यो समाजमा बाँच्न गाह्रो रहेछ । अनेक पोखरीको रंगको छिटा खाएर बिनासित्तै बदनामी हुनुभन्दा कुनै एउटा रंगको पोखरीमा डुबुल्की मार्नु राम्रो । चाहे त्यो रंग निर्मम, विभत्स र विकृतिले भरिएको नै होस् । विकृतिपूर्ण रुपले लिएर बाँच्नु नै आजको जीवनशैली हो । नत्र भने उसले कुनै स्रोत पाउने छैन अनि उसले थुप्रै पोखरीहरू मध्ये एउटा रंगीनमा पोखरीमा रोजेर हाम्फाल्यो ।




No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...