Friday, 23 August 2024

राजन पनेरु ः परिचय, प्रवृत्ति र लघुकथा

राजन पनेरु

 माता, पिता ः सीतादेवी पनेरु एवम् दशरथ पनेरु

जन्ममिति ः वि.स. २०४८ साउन ३०

जन्मस्थान ः राइनास–२, साहिलीटार, लमजुङ

पहिलो प्रकाशित लघुकथा ः लघुकथा कुनो नामक फेसबुक पत्रिकामा डिसेम्बर ३०, २०१२ मा प्रकाशित संयोग लघुकथा

लघुकथा कृति ः बिन्दुमा सिन्धु (२०७४)

पेशा ः निजी व्यवसायमा संलग्न 

सम्पर्क नम्बर ः  ९८५१०६७१६१


प्रवृत्तिहरू ः 

 — पारिवारिक–सामाकिक जीवनका घटनाको प्रस्तुति ।

— पुस्तान्तरणका समस्याको अभिव्यक्ति ।

—राजनीतक विकृतिको आलोचना । 

—प्रविधिको दुरुपयोगले उत्पन्न जटिल अवस्था चित्रण । 

—प्रशासनिक क्षेत्रका विकृतिको चित्रण । 

— सकारात्मक पात्रका कारण सामाज परिवर्तन भएको अवस्थाबोध । 

—सम्वादात्मक शैली, सम्वादको प्रयोग ।


जाम

खचाखच सामानले भरिएको ठेला उसले घचेटिरहेको थियो । ठेला घचेट्दै उसको जिन्दगीको दुईबीस पार भइसकेको थियो । चिसो मौसममा टालेको पातलो कपडाले आङ ढाकिए पनि उसको निधारबा चिटचिट पसिना आइरहेको थियो । खाल्डाखुल्डी परेको कच्ची सडकमा ठेलाको सन्तुलन मिलाएर गुडाउन उसलाई निकै गाह्रो परिरहेको थियो । 

अझ साँघुरो र उकालो बाटो आइपुग्यो । उसले अझै शक्ति लगायो । उकालोमा ठेलाको पाङ्ग्रो सानो खाल्टोमा प¥यो । जोडले धकेल्यो । अगाडि बढेन् । जोडले तान्यो, पछाडि पनि सरेन । बाटो साँघुरो भएकाले अन्य सवारी साधन छिर्न सकेन । अलिपछि गाडिको लामो लाम बढ्दै गयो । 

पछाडिबाट कसैले भन्यो, “ओई खाते ! छिटो लैजा ! यहाँ जाम भयो ।”

राताराता आँखा पार्दै ट्रक ड्राइभरले धम्क्यायो, “सालेलाई किचेर पिठो बनाइउिँ कि बाटो छाड्छस् ?” ऊ अतालिन थाल्यो । उसले न्वारनदेखिको बल लगाएर ठेल्यो । असिनपसिन भयो । तर ठेला डेग चलेन । 

टयाँ..टिँटिँटिँ...हर्नहरू बजिरहेका थिए । बसैले उसलाई तथानाम गाली गरिरहेका थिए । जाम भएको धेरैबेर भइसकेको थियो । डरले उसको होसहवास उडिसकेको थियो ।

”खै दाइ !” म पनि ठेलुँ !”

एउटा मानिस आएर पछाडिबाट ठेला ठेल्न सघायो । ठेला सजिलै खाल्डोबाट बाहिर निस्कियो । उसले पछाडि फर्केर हेर्यो । उसलाई सहयोग गर्ने व्यक्ति वैसाखीको सहारामा थियो ।


घोषणा

पर्याप्त मात्रामा रहेको पैसा देशभित्रबाट हरायो । देशको कामकाज चलाउन कठिन भयो । देश पुरै आर्थिक सङ्कटमा प¥यो ।

शङ्का गरियो, “रातारात बैंकहरूले पैसा लुकाए ।”

  बैङ्कहरूले खण्डन गरे, “झुठो, निराधार आरोप !”

मन्त्री तथा उच्च ओहोदामा बस्ने मानिसहरूको घरमा तलास गरियो । कतै केही भेटिएन । 

“पैँसा कहाँ छ ?” पत्ता लगाउन धेरै खोजबिन आयोगहरूको गठन भयो । कुनै पनि आयोगले यथार्थ पत्ता लगाउन सकेन । सबै क्षेत्र धराशयी बने । गरिब देश झनझन गरिब हुँदै गयो । 

एक युवा वैज्ञानिकले पैसा धेरै भएको स्थान पत्ता लगाउने मेसिनको आविष्कार गरे । सबै मानिसले आश्चर्यात्मक खुसी व्यक्त गरे । जनताहरूलाई खर्च हाली पैसा पत्ता लगाउने मेसिन धेरै संख्यामा बनाउन लगाए । युवा वैज्ञानिकले प्रशस्तै मेसिन बनाए । 

धेरै मेसिनहरू एकैसाथ देशभरि छाडिए । 

तर देशको कुनै कुनामा पनि मेसिनको प्रभाव देखिएन । 

भएभरका मेसिनहरू त प्रधानमन्त्री, मन्त्रीहरू तथा उच्च ओहदाका व्यक्तिहरूको ससुराल, सालासालीको घर, मामाघर आदिमा पो गएर थुप्रिएछन् ।  







No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...