![]() |
| सीताराम नेपाल |
माता, पिता ः बालकुमारी नेपाल, स्व.कुष्मराज नेपाल
जन्ममिति ः वि.स. २०१२ साउन ५
जन्मस्थान ः पेटकु, सिन्धुपाल्चोक
पहिलो प्रकाशित लघुकथा ः गोरखापत्रमा २०६८ फागुन २७ गते प्रकाशित कुन्नि के थाहा लघुकथा
लघुकथा कृति ः रातो डायरी (२०७४)
कथा कृति ः यो उही कथा (२०६४), आदर्शको अवसान (२०६६), रगतको साइनो (२०६९)
थप परिचय ः
—जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष (२०६८)
—लामो समय निजामती सेवामा कार्यरत रहेर हाल अवकाशप्राप्त ।
—लामो समय पेशागत एवम् साहित्यिक संघसंगठनमा सक्रिय ।
सम्पर्क नम्बर ः ९८६६४७७८३९
प्रवृत्तिहरू ः
— राजनीतिक क्षेत्रका विसङ्गतिको आलोचना
— भ्रष्टाचार विरोधी चेतनाको प्रस्तुति ।
— समाजमा रहेको देखावटीपन, कृतिम जीवनप्रति व्यङ्ग्य ।
—बालबालिका एवम् नारी जीवनप्रतिको सम्वेदना ।
—प्रशासनिक क्षेत्रमा रहेको ढिलासुस्तीपन ।
—धार्मिक आडम्बरप्रति व्यङ्ग्य ।
— श्रमजीवी वर्गको जीवनप्रति सम्वेदना भाव ।
—सम्वादात्मक शैली ।
रातो डायरी
भरखर महासम्मेलन सकिएको थियो ।
“मैले जीवन दिएको मेरो आस्थाको घरले समेत मलाई न्याय दिन सकेन । भीमसेनी सुगठिलो यो ज्यानलाई पुलिसको खजाना भई जीर्ण भई गो । अब के गर्ने होला खै ?”
“नयाँ भित्र्याउँ, पार्टी देशव्यापी बनाऊँ” नारा पास गर्ने हामी पनि हौं । त्यहाँ भइरहेकालाई किनारा लगाऊँ भनेको त थिएन नि तर किन नयाँ भित्र्याउने भनेर पुरानालाई थन्क्याउन खोजिँदै छ ?”
“यो नाराको आडमा हामीजस्ता पन्चायती कालरात्रिदेखिका कार्यकर्तालाई पाखा लगाई बिचल्ली पार्न आँटयो पार्टीले ?”
“पार्टीजस्तो पवित्र घरभित्र समेत अपवित्र खेल हुन थाल्यो । नेताको आडमा अवसरवादीहरूले र्याल काढ्न थाले । अस्वस्थ प्रतिस्पर्धा र छिनाझपटी सुरु भयो ।.....’
“कार्यकर्ता पार्टीबाट मास पार्टीमा रुपान्तरण भइरहेको यो बेलामा होस गरिएन । विकृति विसङ्गतिको भारी बोकेका, व्यक्तिगत स्वार्थले लिप्त भएका उडन्ते र कँडार्कट चिन्तनवालालाई जथाभावी भित्र्याइयो ।”
रन्जन थापा, खगेश्वर, चम्केश्वर, राकेश बिसी लगायतकाले जिम्मेवारी नपाउने पुराना कार्यकर्ताको गुनासो सुनेपछि म रन्थनिएँ । के कारणले यस्तो हुँदैछ, पत्ता लगाउन मन लाग्यो ।
मैले बल्लबल्ल एउटा नेताको फेर समातेँ । आइन्दा संस्थापन पक्षमा दरोसँग लाग्ने अठोट गरेँ र स्पातजस्तो बनेर काम गर्न थालेँ । नेतृत्वको गल्तीको ढाकछोप गर्दै प्रशंसा गर्न थालेँ । आफैले समर्थन गरेको विपक्षीको बददख्वाईँ गर्न थालेँ । विश्वासपात्र बनेछु क्यार अलिभित्र पस्ने मौका मिल्यो । अझ माथिको विश्वास जितेपछि फेला परेको सर्वोच्च नेताका आकर्षक रातो डायरी पल्टाएर हेरेँ ।
“पुराना कार्यकर्ताको सक्रियतामा खिया लाग्छ । ती आलोचना र गुनासाका भारी हुन्छन् । अटेरी हुन्छन् । आफू अल्पमतमा पर्दाखेरी गुहार माग्दा साथ नदिनेहरूले धोका दिन सक्छन् । दुध खुवाएर पालेको भनेर हुन्छ र ? सर्प भनेको सर्पै हो ।” उक्त टिपोटको पुछारमा हाम्रै नाम लेखिएको रहेछ ।
योग्यताको कदर
“तपाईँको छोराले ‘सिफारिस होइन, योग्यताको कदर गर्ने दिन ल्याउन युवा जागौं’ भन्दै संसद भवनको मूल गेटनेर जुत्ता पालिस गर्न बस्यो’..... कपुत रहेछ, तपाईँको खानदानी इज्जत माटोमा मिलायो ।’ त्यत्रो पढेर के गर्नु, बुद्धिमा किरा परेपछि.......।”
“....खिसी गरेर रमिता हेर्नेको भीड छ ।”
यो सुनेर मलाई आश्चर्य लागेन । के गरोस् त जुत्ता पालिस नगरेर ? विज्ञापन दिएपिच्छे लिखितमा पास हुन्थ्यो । मैले सत्तारुढ दलको तर्पmबाट अन्र्तवार्तामा भरथेगका लागि सिफारिस गर्दथेँ तर जहिले पनि नेताहरूलाई भाग नपुग्नाले मेरो सिफारिस त कामै नलाग्ने रहेछ । प्रत्येक सिफारिसपछि मैले छोरालाई भन्थेँ–“यसपालि त तेरो जागीर पक्का ल !”
“नेताको सिफारिस बेगर प्रतिस्पर्धाबाट पाएको जागीर पो राम्र्रो हुन्छ त बुबा !” तर छोरा भन्थ्यो ।
“के कुरा गर्या तैँले ? मैले गर्न सक्ने त्यति काम पनि नगरौंला त तेरा लागि ?” छोराले मलाई व्यङ्ग्य गरेझैं लाग्थ्यो अनि आश्वासन दिन्थेँ ।
“कैयौं विज्ञापनहरूमा लिखितमा पास, मौखिकमा चेट । अन्तर्वार्ताहरू राम्रै हुन्थे, हजुरको आश्वासन पनि तडडै हुन्थ्यो । जेनतेन स्नातक हुनेहरू चाहिँ भटाभट जागीर हुने, मेरो विशिष्ट श्रेणीको एमबिएले चाहिँ हावा खाने ? किन यस्तो भयो त ?”
उसको तर्क बेजोडको हुन्थ्यो तर पनि मैले बुबाको कर्तव्य निभाउँद्थे–“हत्तेरिका ! यसपालि फरकै खाँदैन ल !”
तर पछिल्लो अन्तर्वार्ताका अघिल्लो दिन मेरा नेताले मलाई फोन गरेर भने–“पार्टी हाइकमाण्डले तपाईँको सिफारिस रद्द गर्यो । यतिबेला नवप्रवेशी नेता फटिकलालका छोरालाई सिफारिस गर्नुपर्ने भयो । तपाईँको छोरा त्यत्रो पढेको मान्छेलाई यो भन्दा पनि राम्रो ठाउँमा पठाउँला । चित्त नदुखाउनुहोस् है !”
मेरो छोराले नेताको कुरा ‘ह्याण्ड फ्री’बाट सुनिरहेको थियो ।

No comments:
Post a Comment