![]() |
| श्रीबाबु कार्की उदास |
माता, पिता ः हेमकुमारी कार्की, सुदर्शन कार्की
जन्ममिति ः वि.स. २०३३ चैत्र २६
जन्मस्थान ः झुले–३, अमरपुर (दोलखा)
लघुकथा कृति ः समय बाछिटा (२०६१)
सम्पादन ः नेपाली लघुकथा, कविता
थप परिचय ः
साहित्य लेखन एवम् पत्रकारिता क्षेत्र ।
सम्पर्क नम्बर ः ९८४१४६३८०१
प्रवृत्तिहरू ः
— राजनीतिक क्षेत्रका विकृत परिवेशप्रति आलोचना
— समाजमा भएका आडम्बरजन्य क्रियाकलाप्रति व्यङ्ग्य ।
— मानवीय सम्वेदनाको ह्रासप्रति चिन्ता ।
— समाजमा रहेको आर्थिक असन्तुलनप्रति चिन्ता ।
— व्यक्तिवादी अवसरवादी प्रवृत्तिप्रति आलोचना ।
— आधुनिक सभ्यताका नाममा देखिएका विकृतिप्रति व्यङ्ग्य ।
— सम्वादको प्रयोगका साथै छोटा वाक्यको समेत प्रयोग ।
— अनुप्रासयुक्त लेखन ।
नेपाल बन्द छ
प्रसुतिगृहमा आमा खुबै छटपटाई ।
बच्चा जन्मन ढिला भयो ।
डाक्टर आफ्नो तिथिमिति ढिला भएकामा डरायो ।
डाक्टरले पुनः आला (स्टोथोस्कोप) लगायो । पेटभित्रबाट बच्चा करायो ।
”कुर्सी, सत्ता, पजेरो र भत्ता नपाएर पनि मलाई यहीँ आनन्द छ । फेरि युद्धको त्रास पनि छैन । म यहीँ बस्छु, डाक्टर सा’ब । यो साता त नेपाल बन्द छ होइन ? म जन्मन त सोच्नैपर्छ ।
बच्चाले त्यति के बोलेथ्यो, डाक्टर आला फालेर मुच्र्छित भयो ।
आमा भने अझै छटपटाइरही ।
पात्रहरू
क पात्र
एस.एल.सी. सात पटक फेल भयो ।
पास गर्नलाई कुनै कसुर बाँकी राखेन ।
तर सकेन । उसले सोच्यो, नाम त कमाउनै पर्छ ।
ऊ साहित्यमा लीन भयो ।
उसले कथा, कविता र लेख लेख्यो ।
हाल ऊ साहित्यमा अब्बल दर्जाको
साहित्यकारमा दरिएको छ ।
ख पात्र
आइ.ए. मा झुन्डियो । बी.ए. पढनै पाएन ।
उसले सोच्यो, दाम त कमाउनै पर्छ ।
राजनीतिमा होमियो । रेलिङ ढाल्यो । कुर्सी बाल्यो ।
पुस्तक फाल्यो । बल्ल मन्त्रीसँग नजिकिन थाल्यो ।
ग पात्र
बी.ए. पास गर्यो । एम.ए. मा डल्लो पर्यो ।
जागीरका लागि प्रत्येक कार्यालय चाहार्यो ।
पटकपटक लोकसेवाले उत्तानटाङ पार्यो।
बेरोजगारीले गर्दा हरेक कार्यक्रम धाउन थाल्यो ।
उसले कार्यक्रममा बुद्धिजीवीको ब्याच भिर्यो ।
घ पात्र
पढाइगुनाइ केही गरेन ।
नेता, कवि र बुद्धिजीवीमा परेन ।
घरबारी बेचेर काठमांडौ झर्यो ।
विदेश उड्ने रहर गर्यो ।
दिनहुँ म्यानपावर धाउँदाधाउँदै जिल्ल पर्यो ।

No comments:
Post a Comment