![]() |
| कृष्ण शाह यात्री |
माता, पिता ः कौशिला शाह÷विन्देश्वर शाह
जन्ममिति ःवि.स. २०३२ साल भाद्र कृष्णाष्टमी
जन्मस्थान ः कटारी बजार, उदयपुर
पहिलो प्रकाशित लघुकथा ः मधुपर्क मासिकमा २०५० असार महिनाको प्रकाशित अबोधपन लघुकथा ।
लघुकथा कृति ः सुक्ष्म शिखाहरू (२०५६), आणविक अस्त्र, (२०६४) एवम् तारो (२०६९)
सम्पर्क नम्बर ः ९८५१०७२२३४
थप परिचय ः
—नाटक लेखन, प्रकाशन, सम्पादन, निर्देशनका क्षेत्रमा सक्रिय ।
—बालसाहित्य एवम् समालोचनाका क्षेत्रमा सक्रिय ।
—नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य ।
— लघुकथा समाजका पूर्व कार्यसमिति सदस्य ।
—नेपाली लघुकथा रचनाको नाट्य मञ्चनको प्रारम्भकर्ता ।
प्रवृत्तिहरू ः
— राजनीतिक विसङ्गतिको चित्रण ।
— राजनीतिक सङ्क्रमणकालका त्रासद परिवेशको चित्रण ।
— समाजिक विसङ््गतिप्रति व्यङ्ग्य ।
— कला—साहित्य—संस्कृतिका क्षेत्रमा देखापरेका खराब पक्षप्रति आलोचना एवम् व्यङ्ग्य ।
— आर्थिक एवम् प्रशासनिक क्षेत्रका भ्रष्ट्र गतिविधिको विरोध ।
— आधुनिक सभ्यताका नाममा देखापरेका विकृत क्रियाकलापको आलोचना ।
— समाजमा नैतिक आदर्शको स्खलनप्रति चिन्ता ।
—उपभोक्तावादी संस्कृतिको विकासले ल्याएका जटिलताको चित्रण ।
—पौराणिक मिथकको प्रयोग, चिन्हहरूको प्रयोग, प्रश्नोत्तर शैली एवम् छोटा अनुच्छेदको प्रयोग ।
भोक–अस्त्र
—उसलाई नामको भोक लाग्यो । उसले अरूका मौलिक सिर्जनाहरूलाई तलमाथि तानतुन पार्दै आफ्नो नाम दियो र चर्चा बटुल्यो ।
—उसलाई सम्पतिको भोग लाग्यो । उसले अख्तियार दुरुपयोग ग¥यो र लाखौंको धन थुपार्यो ।
—उसलाई देहको भोग जाग्यो । उसले आफ्नो वरिपरिका यौवनाहरूलाई विभिन्न प्रलोभन देखाउँदै शोषण गर्यो र आफूलाई महान पुरुष ठान्यो ।
—उसलाई सत्ताको भोक जाग्यो । उसले मोटो रकम खर्चेर भाडाका कार्यकर्ता किन्यो र आफूलाई राष्ट्रको सर्वेसर्वा केन्द्रीय व्यक्तित्व घोषणा ग¥यो ।
—उसका भोक दिनप्र्रतिदिन बढ्दै गए । उसका भोकका सिकार हुने हुनेको सङ्ख्या पनि बढ्दै गयो ।
—एक दिन उसलाई देवता हुने भोक चढ्यो । चाटुकारहरू बोलाएर उसले आफूलाई भगवानको दर्जा दिन खोज्यो । कथित भक्तजनहरूको भीडले घेरिँदा उसले मान्छे हो भन्ने कुरा नै बिर्सियो ।
—भीड बढ्दै गयो । ऊ रमाउँदै गयो । अचानक त्यो भीड उसको सिकार हुनेहरूको अनुहारमा परिणत भयो । अन्ततः त्यही भीडले उसलाई किच्यो । र, उसको अस्तित्व समाप्त गरिदियो ।
रङ र मान्छे
—ऊ आफ्नो रङ्ग परिवर्तन गर्नमा माहिर मानिन्थ्यो ।
—रातको समयमा ऊ कालो वर्णमा देखा पर्दथ्यो र कालो धन्दा गर्थ्यो। कसैले पनि यसको वास्तविकता थाहा पाउँदैनथ्यो ।
—दिनको समयमा ऊ सेतो रङ्गमा घुम्दथ्यो, जसलाई देखेर सबै उसको महान् र सच्चा छविको भ्रममा रुमल्लिन्थे ।
—यसरी रङ्ग फेर्नुमा उसलाई एकातिर आननद लाग्थ्यो भने अर्कोतिर सँधेै रङ्ग फेरिरहनुपर्ने झन्झटबाट मुक्त भई स्थायी रङ्गको खोजीमा समेत लाग्नुपर्ने आत्मज्ञानबोध भइरहेको थियो ।
—उसले संसारको सबैभन्दा महँगो, दुर्लभ र आकर्षक रङ्ग धारण गर्यो । उसको रङ्ग÷रूपको झनै प्रशंसा हुन थाल्यो ।
—एक दिन ठूलो हुरीबतास चल्यो । मुसलधारे पानी पर्यो त्यसले उसलाई निथ्रुक्क भिजायो । त्यसपछि ऊ आफ्नो वास्तविक रङ्गमा देखापर्यो । उसलाई देखेर मान्छेहरूले अचम्म मानेर हेर्न थाले ।
—कसैले उसको नयाँ स्वरूपभित्र राक्षस देखे । कसैले उसको मौलिक रङ्गमा भ्रष्टाचारी देखे । कसैले उसको रङ्गमा अवसरवादी देखे । यसपछि उसको रङ्गमा मान्छेले विश्वास गर्न छाडिदिए ।

No comments:
Post a Comment