Sunday, 4 August 2024

जगदिश नेपाली ः परिचय र लघुकथा



जगदिश नेपाली
माता÷पिता ः रत्नमाया सापकोटा÷महानन्द सापकोटा
जन्ममिति ः वि.स. १९८२ माघ १ 
जन्मस्थान ःभारतको असामको गुवाहाटी सहर, ओजन बजा
पहिलो लघुकथा ः वि.स. २०२० मा धनकुटाबाट प्रकाशित हिमाचल पत्रिकामा चियानमाथिको जुत्ता ।
लघुकथा कृति ः जगदिश नेपालीका लघुकथाहरु

प्रवृत्तिहरू ः 
 —सामाजिक यथार्थवादी चेतना । 
—विकृति र विसङ्गतिप्रतिको आलोचनात्मक चेत 
—सामान्य विषयलाई पनि विशिष्टिकृत रुपमा प्रस्तुत गर्ने शैली । 
— रचनामा बौद्धिकता, औपचारिकता एवम् दर्शनको संयोजन पाइन्छ ।  
—राजनीतिक, सामाजिक एवम् सांस्कृतिक परिदृश्यभित्रका अनेकन खराब पक्षको उत्खनन । 
—असल एवम् सुन्दर समाजको सिर्जनाको चाहना । 
—समाजमा रहेको अन्याय अत्याचारप्रति आलोचनात्मक चेत  । 
—साहित्य–कला क्षेत्रका विकृतिको उत्खनन गर्नाका साथै समाजमा रहेको दोहरो चरित्रप्रति व्यङ्ग्य ।विशेष पक्ष ः
—आफ्नो पुर्ख्यौली थर सापकोटा भएपनि जातीय भेदभावको विरोधमा आफ्नो वास्तविक थर नलेखेर नेपाली लेखेको  । 
—वि.स. २०३८ सालमा उनको मृत्युपछि गिरीराज आचार्यको सक्रियतामा महानन्द प्रकाशनबाट २०३९ सालमा मात्र लघुकथा कृति प्रकाशित ।
 —गिरिराज आचार्यले नेपालका एकमात्र खलिल जिब्रान भनेर लेखनको उच्च मूल्याङ्कन । 
— राजनीतिक एवम् सामाजिक कार्यकर्ता । 
— शिक्षण सेवाको साथै चलचित्र भवनको सञ्चालक एवम् यातायात कम्पनीको शेयरहोल्डर ।


n3'syfx¿


को कस्तो ?
विशाल जनसमूहको अगाडि उभिएको अपराधी शिवप्रसाद पुलिसको रिपोर्ट, पब्लिक प्रसिक्युटरको साक्षी र अन्य सबै परिबन्दबाट दण्ड दिनुपर्ने ठहरिन गयो । 

शिवप्रसादको पैरवी गरिदिने कोही नभएकाले कठघरामा ऊ स्वयंलाई पुलिसले ल्याई उभ्याए । उसमाथि लगाएको अपराध डकैतीमा सामेल थियो भन्ने थियो । न्यायाधिशज्यूले सफाई दिन शिवप्रसादलाई आदेश दिनुभयो, तर अपराधीले दुवै हात जोडेर बिन्ती  गर्यो, “दयानिधान ! मेरो जन्मान्ध नै मेरो सफाई हो । प्राकृतिक सजायभन्दा प्रकृतिले सिर्जना गरेको  प्राणी वा बनावटी अपराधबाट मैल अझै के दण्ड भोग्नुपर्ला र ? के यसभन्दा पनि बढी मलाई सफाईको आवश्यकता छ ?”   

अकस्मात अपराधीको यस उत्तरले न्यायाधिशज्यूलाई वादीको सम्झना आयो । वादीलाई उपस्थित गराउने आदेश पाउँदा नपाउँदै अपराधीको उत्तरु सुनेर वादी त्यस समूहबाट विलीन भइसकेछ । मात्र अदालतमा उपस्थित जनसमूह आपसमा मुखामुख गरेको देखियो । 


नोकरीको स्थायित्व
भर्खरै मात्र बहाली पाएको एउटा पियनले म्यानेर साहबलाई ल्याएर टेबुलमा चिया टक्रयाउँदै भन्यो, “पाउनुहोस् हजुर ।”

चियाको प्याला समातेर ओठमा लाउनासाथ म्यानेजरले कड्केर भन्यो, “तँलाई नोकरी गर्नु छ कि छैन ? अझै तेरो नोकरी अस्थायी नै छ बुझिस्–यस्तै चिया बनाई हो भने तेरो मिति पुग्यो भनेपनि हुन्छ, बुझिस् । ”

अकस्मात प्राइभेट चेम्बरबाट डाइरेक्टरज्यूले म्यानेजरको कोठामा हाँस्दै पसेर म्यानेजरको पिठ्युँमा हातले थपथपाउँदै भन्नुभयो“पियनको नोकरीमा सम्म पनि चिया चाहिन्छ भने अरुका लागि के के चाहिन्छ होला ?” म्यानेजर ट्वाल्ल परेर डाइरेक्टरतिर हेरिरहेको थियो । पियन टाउको कन्याउँदै भित्र लाग्यो । 






 

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...