Saturday, 24 August 2024

आर. आर. चौलागाई ः परिचय, प्रवृत्ति र लघुकथा

 आर. आर. चौलागाई

 वास्तविक नाम ः  रेवतीरमण चौलागाई

माता÷पिता ः यमुनादेवी चौलागाईँ एवम्  इन्द्रप्रसाद चौलागाईँ

जन्ममिति ः वि.स. २०१८ चैत्र ११

जन्मस्थान ः सुन्दरपुर, सिन्धुपाल्चोक

हाल ः हेटौंडा, मकवानपुर

लघुकथा कृति ः विघटनको तयारीमा (२०६५)

पुरस्कार ः पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान (२०८१)


थप परिचय ः

विद्यार्थी राजनीतिमा संलग्न रहेर जेल जीवन बिताएको ।

सामाजिक आन्दोलनमा संलग्नता ।

हेटौंडामा रहेर साहित्य लेखन एवम् साहित्यिक पत्रकारिताका क्षेत्रमा सक्रिय ।

लामो समय सरकारी सेवामा रहे। हाल स्वतन्त्र लेखनमा सक्रिय ।

सम्पर्क नम्बर ः ९८४५३५१०००


प्रवृत्तिहरू ः 

 — राजनीतिक विसंगतिप्रति व्यङ्ग्य ।

— साहित्यिक क्षेत्रका विकृतिप्रति आलोचना ।

— आर्थिक, प्रशासनिक क्षेत्रका भ्रष्टाचारको विरोध । 

— शैक्षिक क्षेत्रका विकृतिको आलोचना ।  

— पत्रकारिताका नाममा हुने ठगी कार्यको आलोचना । 

—व्यक्ति पात्रका गलत प्रवृत्तिको आलोचना । 

—  सुत्रात्मक एवम् सम्वादात्मक शैली। 

— व्यङ्ग्य एवम् विद्रोहचेतको समुचित प्रयोग ।


जुलुस

        एकदिन मेरो घर अगाडिबाट एउटा ठूलो जुलुस आयो । जुलुसका नाराहरू यस्ता थिए ः 

‘गजेन्द्रे चोर, देश छोड ।’

‘हत्यारा गजेन्द्रेलाई फाँसी दे ।’

मैले छिमेकीलाई ‘के भयो ?’ भनेर सोधेँ । उनले भने–‘गजेन्द्रे गुन्डाले आज एउटी केटीको बलात्कार गरेर मारेछ । त्यसैको जुलुस हो ।’

जुलुसको नेतृत्व मेरै टोलका श्रीभद्र, सूर्यमान, बखतबहादुर, बद्री, रामचन्द्र आदिले गरेका थिए ।

यो घटना घटेको लगभग छ महिनापछि मैरे घर अगाडिबा फेरि एउटा ठूलो जुलुस आयो । जुलुसका नाराहरू यस्ता थिए–  

‘यो जित कसको ? जनताको  ।’

‘ जनता कसको ? गजेन्द्रको।’

मैले तिनै छिमेकीलाई ‘के भयो ?’ भनेर सोधेँ । उनले भने– ‘गजेन्द्रबाबुले चुनाव जितेछन् । त्यसैको जुलुस हो यो ।’ 

जुलुसको नेतृत्व मेरै टोलका तिनै श्रीभद्र, सूर्यमान, बखतबहादुर, बद्री, रामचन्द्र आदिले गरेका थिए ।



शिष्टाचार

ऊ गुरु रामनाथलाई निकै आदर गथ्र्यो । भन्ने गथ्र्यो ऊ–‘रामनाथ गुरु मेरो श्रद्धेय पात्र हुनुहुन्छ । उहाँबाटै मैले साउँअक्षर सिकेँ । उहाँले नै मलाई छात्रवृत्ति मिलाइदिनुभयो । जीवनभरको निम्ति म वहाँप्रति ऋणी छु ।’ त्यसैले त ऊ रामनाथ गुरुलाई जहाँ भेटे पनि दुई हात जोडेर दण्डवत् गथ्र्यो ।

उसले प्रवेशिका उत्तीर्ण ग¥यो र कलेज पढ्न थाल्यो । अब भने उसमा अलिअलि परिवर्तन आउन थाल्यो । रामनाथ गुरुलाई भेट्दा ऊ दुई हात जोडेर नमस्ते गर्ने मान्छे अब एउटै हातले काम चलाउन थाल्यो । उसले स्नातक गर्यो । अब एउटा हात पनि उठाउन छोडेर मुखले मात्रै नमस्ते भन्न थाल्यो । डिग्री सिध्यायो । ऊ रामनाथ गुरुलाई मुखले पनि नमस्ते भन्न छोड्यो र भेट्दा पनि नचिनेझैं गर्न थाल्यो । 

आज ऊ प्रोजेक्टमा काम गर्छ । महिनामा पचासौं हजार खान्छ । ठूलो घर छ । सुन्दर श्रीमती छे । कार चढेर हिँड्छ । मोबाइल बोक्छ । उसँग के छैन ? सबथोक छ । 

धेरै वर्षपछि उसको भेट रामनाथ गुरुसँग भयो । उसको उन्नति देखेर गुरु खुसी देखिन्थे । तर उसले उसलाई गुरुलाई चिनेर पनि चिनेन । रामनाथ गुरुसँग बोल्दा उसको इज्जत जाने कुरा उसले सोच्यो । कुनै वास्ता गरेन । मुन्टो बटारेर हिँड्यो । बेलुकी श्रीमतीसँग भन्दै थियो ऊ–‘म यति ठुलो मान्छेलाई भेट्दा पनि नमस्ते नगर्ने ? साला रामनाथे !’  


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...