Saturday, 17 August 2024

जगमोहन शाक्य ः परिचय, प्रवृत्ति र लघुकथा

जगमोहन शाक्य

जन्ममिति ः १९९० जेठ ३०

जन्मस्थान ः संखुवासभा, चैनपुर

आमा, बुबा ः अष्टमाया शाक्य, नरबहादुर शाक्य 

लघुकथा कृति ः बाह्र मसाला (२०१८)

कथा कृति ः 

उपहार (सहलेखन, २०१५)

धनेको सपना (२०५५) 

सम्मान, पुरस्कार ः समता साहित्यिक परिवार, इलाम (२०५५)

मानव अधिकार संगठन, ताप्लेजुङ (२०५५)

प्रतिभा निकेतन तथा साहित्य कला संगम (२०५९)

निधन ः २०६६ भदौ १५ 


लघुकथा रचना 

मातृ–ममता

        एक दिन सबै छोरा–छोरीहरूले आमालाई घेरेर एकै मुुख लगाएर भने–“आमा ! भोक लाग्यो ।”

        केही खाउँ भनेर बसेकी आमाले खानलाई अघाडि राखेको खानेकुरो आफूले नखाई “लौ, यही खाऊ” भनी सबै अघाडी सारिदिए र आफू चाँही भोकै बसिन् । सबै हारालुछ गरेर ती छोरा–छोरीहरूले रमाई रमाई त्यो खानेकुरो खाए 

                                                        ⃟⃟⃟

            केही वर्षपछि । सबै छोराछोरी हुर्किए ; आफ्नो पाखुुरा बजाएर खानसक्ने भए । आमा बुढी भइन, उसले छोरा–छोरीहरूका आशमा बाँच्नुपर्ने दिन आएको थियो । अतः एक दिन उसले आफ्नो मनले खाएको छोरो कहाँ गएर भन्यो–“छोरो म के खाऊँ–भोक लाग्यो ।” तर छोरोले निर्धक्क जवाफ दियो–जे सुकै खाऊ–उता जाऊ ।”

तापनि आमाको ह्दयमा अरू केही पनि थिएन तर थियो केवल तिनै सन्तानहरू प्रतिको अगाध माया र ममता ।


खाली सपना रहेछ

मानौ ऊ स्वर्गकी परी थिई । उनका गालाले अनारका दानासँग होड लगाएका थिए, आँखाले चम्किला तारासँग । ऊ अमर झैं बनेकी थिई । आकाश र धरती जोड्ने शक्ति उसमा आएको थियो । त्यसैले ऊ त्यो मध्यरातमा एकचोटि आफ्नो त्यो शक्ति र सौन्दर्यमा विश्वलाई हाँक दिंदै खित्का छोडेर हाँसी । त्यतिबेला अचानक ऊ निन्द्राबाट झल्यास्स भएर व्युुँझिई–थाहा पाई–त्यो त खाली सपना रहेछ । उसको एकदिन अघिको हाँसोले आफ्नै उपहास उडाइरहेको थियो । ऊ सत्तरी लागिछ ।


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...