![]() |
| रामकुमार श्रेष्ठ |
उपनाम ः गाउँले
जन्मस्थान ः १९८७ असोज २४
जन्मस्थान ः फुडलिङ, ताप्लेजुङ
आमाबुबा ः लक्ष्मीदेवी श्रेष्ठ, जगतमान श्रेष्ठ
लघुकथा कृति ः बाह्र मसाला (२०१८)
कथा कृति ः कोपिला (२०१५)
पाथीभरा (२०१६)
सम्मान, पुरस्कार ः प्रतिभा पुरस्कार (लेखनाथ पुस्तकालय, चन्द्रगढी २०१२)
नवरत्न पुरस्कार (जुही मासिक स्वर्ण अङ्क, २०५९)
लघुकथा रचना
यस्तो होस्
आज उमेशको जीवनमा हुने स्वभाविक महत्वाकांक्षा हराएको छ, त्यो उज्यालो पूर्णचन्द्रझै जीवनमा मानो बादल लागी छोपिएर अन्धकार छाएझै एक प्रकारको मधुरो अनुभव हुन्छ । उसमा धैर्य छैन नत भावी जीवनको महत्वाकांक्षा नै छ ।
उसले एकचोटि कल्पना गर्यो । अनि मनमनै संझयो–हेर्दा हेर्दै ठूलो आँधी आयो । अन्धकार छायो । असिना बर्षयो । बिजुली चम्क्यो । त्यो असिनाको मार रूखमा थपियो । शरीर छियाछिया भयो । तर त्यो रूख आत्तिएन, पीडा पाएर पनि चित्कार गरेन । नत जीवनसंगनै हारमान्यो ।
संझदै गयो–‘मेरो पनि जीवन अनि त्यस्मा पनि एक जीवन छ । हामीमा चेतनशीलता छ–भिन्नता यतिनै छ । तर हामी ससाना असफलतामा निराश भएर लक्ष्य हराउँदै जीवनदेखि वाक्क–वाक्क भएर धैर्य रहँदैन, जीवन भार हुन्छ । तर त्यो रूख, जीवनमा परिआउने हज्जारौँ कष्ट र यातना सहँदै बाँचेको छ, हरेस खाई हार मानेको छैन, बरू काँचुली फेरी, हरियो, परियो भई मौलाउँछ । जीवन होस त यस्तो ।”
उमेशको हराएको जोश मौलायो, बल मिल्यो, जीवनमा नवीनता आयो, ऊ उठ्यो । अगाडि बड्यो । बड्दै गयो ।
पागल
“भो, भो सुत्योसुत्यौ । अझ कति सुत्छौ ? उठ, अब उठ । जाग, र नव नेपालको निर्माण–पथमा लाग ।” पागलले आव्हान गर्यो ।
एउटाले भन्यो–“त्यो पागल”
आर्कोले हाँमा हाँ मिलाउँदै सही थप्यो–“हो, त्यो पागल ।”
“यति चाँडै भुल्यौ इतिहास ? हेर गिज्याइरहेछ, पूर्वजहरूले । उठ, हातेमालो गर, सर्वत्र फिजिएको शक्तिको संचय गरेर प्रयोग गर, अनि एउटै बाटोमा लाग, निर्माणको नौलो मूल फूटाई । जातमा जो छौं–हामी एक मानव हौं । मानवोचित कार्य गरी मानव बन्नु छ–दानव होइन ।”
एकचोटि पुलिसले उसको गर्धन समात्यो । अनि गालामा एकचोटि थप्पड हान्यो र ‘पागल’ भन्दै घोक्रयाइ दियो । ऊ सडकमा जोतिन पुग्यो ।
“रक्ताम्य” भीडबाट आवाज आयो । फेरि उक्त आवाज दोहरियो । युवक पागल उठ्यो, शरीरको धुलो झार्दै । चारैतिर उसको दृष्टि एकचोटि दौडियो । असंख्य मानिसको भीड जमेको । अनि ऊ भीडको माझमा । गर्वले सहानुभूति दर्शाएको । एकचोटी उसको ह्दय गर्वले पुलकित भयो र ऊ ‘हा ! हा हा !!!’ गरेर हाँस्यो ।

No comments:
Post a Comment