Tuesday, 20 August 2024

श्याम आशा (श्यामगोपाल कायस्थ) ः परिचय, प्रवृत्ति र लघुकथा

श्याम आशा (श्यामगोपाल कायस्थ)

परिचय ः

जन्म ः वि. सं. २०११ मंसीर २८
जन्मस्गान ः बालाखुं, भक्तपुर
आमा, बुबा ः मिठीदेवी र कृष्णगोपाल कायस्थ
लघुकथा लेखन आरम्भ ः वि.सं. २०३२
लघुकथा कृति ः आशा (२०३३, ध्रुव मधिकर्मीसँग संयुक्त कृति)
नेपाल भाषामा पाँच लघुकथा कृति प्रकाशन

नेपाली भाषामा अनुवाद गरिएका कृति ः
श्याम आशाका लघुकथा (२०७३, अनुवादक ध्रुव मधिकर्मी)
अघोषित आवाज (२०७९, अनुवादक रासा)
संलग्नता ः
ज्ञानज्योति पुस्तकालय (संस्थापक अध्यक्ष)
याताजः नेपालभाषा साहित्य श्याम विश्व पुरस्कारका संस्थापक
विराट गूथि, नेपाल साहित्य मन्दिरका आजीवन सदस्य


लघुकथा रचना ः

प्रतिबिम्ब

        मलाई सङ्केत गर्दै मेरो अगाडिको साथीले भन्छ–“तपाँईले हिजोको समाचार सुन्नु भयो ? आफ्नो परिवार पाल्न नसकेर आफ्नै परिवारको तीनजनाको हत्या पछि आत्महत्या गरेको ।” यी शब्दहरू मेरो कानभित्र पसेको त थियो तर कामको हतारले मैले साथीलाई, “अँह, सुनेको छैन ।” भनी आफ्नो काम गर्नमा व्यस्त हुन खोजेँ तैपनि मेरो मस्तिष्कमा कुरा खेल्न थाल्छ कुनै स्वचालित यन्त्रजस्तै । कुरा अस्वभाविक होइन किनकी मैले जस्तै उसले पनि एक्लैले शायद परिवार पाल्नु परेकोले होला, म जस्तै गरिबीले सताएको होला नत्र त्यसरी आफ्नै परिवारको हत्या गर्नुपर्ने कारण के हुन्थ्यो ? सायद उनीहरू बेकारी होलान् ? म त सानै दर्जाको भएपनि नोकरीमा छु ।
        अचानकै झटका लाग्छ मेरो मस्तिष्क भित्र अनि म नचाहेर पनि सोच्न पुग्छु । मेरो जागीर पनि अन्तिम वर्ष भईसक्यो । मेरो पनि श्रीमती र नहुर्केको दुईवटी छोरीहरू छन् । परिवारमा म सिवाय अरू बेरोजगारी, अब म के गर्ने ? कसरी परिवारको जीविका चलाउने ? जस्ता थुप्रै प्रश्नसूचक चिन्ह दाह्रा मिच्याउँदै अगाडि तेर्सिन्छन् । त्यस बेला मेरो शब्द फुट्छ । “यो घटना मेरो प्रतिबिम्ब होइन ?”



बुद्ध खोई ?
        बालबालिकाहरू खेलिरहेका थिए । खेल्दाखेल्दै उनीहरूले एउटा बल भेट्टाए । बल भनेर भेट्टाएको त बम पो रहेछ । पड्केर दुईजना बालकको ज्यान गयो । दुई आमाको आँखाको नानी जस्ता सन्तान दियो झैं झ्याप्प निभ्यो । बुद्धको आँखाबाट दुई थोपा आँसु झर्यो
         चाडपर्वको अवसरमा सांस्कृतिक कार्यक्रम गरिरहेका कलाकारहरूलाई आतंककारी भन्दै गोली बर्साइयो ।
        खेतमा पसिना बगाइरहेका, बाटोमा हिँडिरहेका, चुल्होमा भातभान्सा गरिरहेका, स्कुलमा पढाइरहेका सबै सबै तिनीहरूको आँखामा दोषी भए र तिनीहरूमाथि अनाहकमा गोली बर्साइए ।
        बम पड्कियो, बाटो भत्कियो, पुल भाँच्चियो, कतिको उठिबास भयो । आकाशमा चिलहरू मडारिन थाले । आकाशमा आनन्दले उडिरहेका सेता परेवालाई चीलले लखेटन थाल्यो ।
         –बुद्ध खोई, बुद्ध कहाँ हरायो ?
         भन्ते, अनागरिका, उपासक, उपासिकाहरू बिहार चैत्यतिर बुद्ध खोज्न थाले । त्यहाँ बुद्धको चित्र र मूर्ति बाहेक साँच्चिकै बुद्ध थिएनन् ।
        एकथरि बुद्धलाई फेला पारेर ल्याउँछु भनेर गएकाहरू पनि अझै फर्किएका छैनन् ।

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...