Saturday, 24 August 2024

देवीप्रसाद थापा ः परिचय, प्रवृत्ति र लघुकथा

                             देवीप्रसाद थापा 

 मातापिता ः यशोदादेवी थापा, प्रेमप्रसाद थापा

जन्ममिति ः २० डिसम्बर १९६८ (वि.स. २०२३ पुस ५), 

जन्मस्थान ः थाङकानफाई बस्ती, पि.ओ. साईकल, सदर हिल्स, मणिपाल (भारत) 

लघुकथा कृति ः आमा (सन् २०१०), बाबा (सन् २०१२), सासु (सन् २०१३), माइती  (सन् २०१३), एक थोपा आँशु (सन् २०१६)

सम्पर्क नम्बर ः ९१९८२३४८४४२० (मणिपुर, भारत)


प्रवृत्तिहरू ः 

— भारतीय नेपाली जीवनको प्रस्तुति ।

— राजनीतिक विसङ्गतिको आलोचना ।

—जेष्ठ नागरिकको समस्याको प्रस्तुति । 

— व्यङ्ग्यात्मक चेतनाको अभिव्यक्ति ।  

—नारी जीवनप्रतिको सम्वेदना । सम्वेदनाको प्रस्तुति। 

— पौराणिक पात्रको साथै अमानवेत्तर पात्रको समेत प्रयोग । 

—  प्रकृति र जीवनसँग सम्बन्धित घटना र क्रियाकलापको प्रस्तुति । 

— व्यक्ति जीवनका विसङ्गतिको आलोचना ।


पशु 

निकै लामो सल्लाहपश्चात् बल्ल निस्कियो समाधान । जोइपोई मिलेर बुढा बाबुलाई वद्धाश्रममा पुर्याए । बाबुलाई वृद्धााश्रम थन्क्याएर गाडीमा आइपुग्दा मोबाइल भित्रै रहेको थाहा भयो । उनले खल्ती छामे ।

स्वास्नीले तत्काल प्रश्न गरिन्, “के भयो बाबा ?”

“सामान छाडिएछ भित्र” उसले उत्तर दियो ।

“ होस् बाबा । अब भित्र नगएको उचित” स्वास्नीले गाडीतिर तानिन् ।

ऊ  बोल्यो  “कहाँ माया मार्न मिल्छ ? बीस हजारको मोबाइल ।”

स्वास्नीले त्यतिखेरै वद्धाश्रम जाने आदेश जारी गरिन् ।

ऊ छिटाछिटो भित्र पस्यो । 

वृद्धाश्रमको दैलामा पग्दा नपग्दै उसको मस्तिष्क घुम्यो ।

घरको बुढो कुकुर बाबुसँग खेलिरहेको थियो ।


भ्रुणहत्या

समतीले लगातार तीनवटी छोरी जन्माइन् ।  परिवारले उनलाई निकै अवहेलना गर्दै आएका  थिए ।

यस्तो अवस्थामा पनि उनी अझ गर्भवती भएकी थिइन् । 

एकदिन उनी सुटुक्क अस्पताल पगिन् । उनले डाक्टरलाई लिङ्ग जाचँ गरिदिन बिन्ती गरिन् ।

डाक्टरले लिङ्ग जाँच गर्नु कानुनी अपराध हो भन्दा पनि उनी मानिनन् ।

उनी धेरै अस्पतालहरूमा पुगिन् । सबको त्यही उत्तर थियो ।

अन्तमा उनले एउटी महिला डाक्टरकहाँ आफ्नो वेदना  पोखिन्। महिला डाक्टरले केही शर्तमा लिङ्ग जाँच गर्ने प्रस्ताव स्वीकारिन् ।

लिङ्ग जाँच भयो । गर्भमा जुम्ल्याहा छोरो र छोरी थिए । जाँचपछि आमाका खुसीको सीमा रहेन् । उनी नाच्न थालिन् । आमाको त्यो दश्य देखेर गर्भभित्रकी छोरीले भनिन्, “दाजु धन्यवाद ! तपाईँकै कारण म बाँचेँ, नत्र भ्रुणहत्या हुने थियो मेरो ।


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...