![]() | |
देवीप्रसाद थापा |
जन्ममिति ः २० डिसम्बर १९६८ (वि.स. २०२३ पुस ५),
जन्मस्थान ः थाङकानफाई बस्ती, पि.ओ. साईकल, सदर हिल्स, मणिपाल (भारत)
लघुकथा कृति ः आमा (सन् २०१०), बाबा (सन् २०१२), सासु (सन् २०१३), माइती (सन् २०१३), एक थोपा आँशु (सन् २०१६)
सम्पर्क नम्बर ः ९१९८२३४८४४२० (मणिपुर, भारत)
प्रवृत्तिहरू ः
— भारतीय नेपाली जीवनको प्रस्तुति ।
— राजनीतिक विसङ्गतिको आलोचना ।
—जेष्ठ नागरिकको समस्याको प्रस्तुति ।
— व्यङ्ग्यात्मक चेतनाको अभिव्यक्ति ।
—नारी जीवनप्रतिको सम्वेदना । सम्वेदनाको प्रस्तुति।
— पौराणिक पात्रको साथै अमानवेत्तर पात्रको समेत प्रयोग ।
— प्रकृति र जीवनसँग सम्बन्धित घटना र क्रियाकलापको प्रस्तुति ।
— व्यक्ति जीवनका विसङ्गतिको आलोचना ।
पशु
निकै लामो सल्लाहपश्चात् बल्ल निस्कियो समाधान । जोइपोई मिलेर बुढा बाबुलाई वद्धाश्रममा पुर्याए । बाबुलाई वृद्धााश्रम थन्क्याएर गाडीमा आइपुग्दा मोबाइल भित्रै रहेको थाहा भयो । उनले खल्ती छामे ।
स्वास्नीले तत्काल प्रश्न गरिन्, “के भयो बाबा ?”
“सामान छाडिएछ भित्र” उसले उत्तर दियो ।
“ होस् बाबा । अब भित्र नगएको उचित” स्वास्नीले गाडीतिर तानिन् ।
ऊ बोल्यो “कहाँ माया मार्न मिल्छ ? बीस हजारको मोबाइल ।”
स्वास्नीले त्यतिखेरै वद्धाश्रम जाने आदेश जारी गरिन् ।
ऊ छिटाछिटो भित्र पस्यो ।
वृद्धाश्रमको दैलामा पग्दा नपग्दै उसको मस्तिष्क घुम्यो ।
घरको बुढो कुकुर बाबुसँग खेलिरहेको थियो ।
भ्रुणहत्या
समतीले लगातार तीनवटी छोरी जन्माइन् । परिवारले उनलाई निकै अवहेलना गर्दै आएका थिए ।
यस्तो अवस्थामा पनि उनी अझ गर्भवती भएकी थिइन् ।
एकदिन उनी सुटुक्क अस्पताल पगिन् । उनले डाक्टरलाई लिङ्ग जाचँ गरिदिन बिन्ती गरिन् ।
डाक्टरले लिङ्ग जाँच गर्नु कानुनी अपराध हो भन्दा पनि उनी मानिनन् ।
उनी धेरै अस्पतालहरूमा पुगिन् । सबको त्यही उत्तर थियो ।
अन्तमा उनले एउटी महिला डाक्टरकहाँ आफ्नो वेदना पोखिन्। महिला डाक्टरले केही शर्तमा लिङ्ग जाँच गर्ने प्रस्ताव स्वीकारिन् ।
लिङ्ग जाँच भयो । गर्भमा जुम्ल्याहा छोरो र छोरी थिए । जाँचपछि आमाका खुसीको सीमा रहेन् । उनी नाच्न थालिन् । आमाको त्यो दश्य देखेर गर्भभित्रकी छोरीले भनिन्, “दाजु धन्यवाद ! तपाईँकै कारण म बाँचेँ, नत्र भ्रुणहत्या हुने थियो मेरो ।

No comments:
Post a Comment