माता, पिता ः बुद्धिकुमारी प्रधान, ज्योतिमान प्रधान
जन्ममिति ः वि.स. २०१४ भाद्र ६ गते
जन्मस्थान ः सिमापटानी, मलेशिया
हालको बसोबास ः पहिले बुटवल हाल काँडाघारी (काठमाडौं)
लघुकथा कृति ः द्वन्द्वकालीन कथा (२०६४)
पेशा ः निजी व्यवसाय ।
सम्पर्क नम्बर ः ९८४७०२७२९३
प्रवृत्तिहरू ः
—द्वन्द्वकालीन घटनाको प्रस्तुति ।
—द्वन्द्वकालीन समयमा पीडामा परेका नागरिकको जीवनकथा वर्णन ।
—श्रमजीवी जनताको जीवनप्रति सहानुभूति ।
— द्वन्द्वकालीन समयमा ग्रामीण जनता दोहरोमा मारमा परेको अवस्थाको चित्रण ।
—सामाजमा व्याप्त अन्धविश्वासको विरोध ।
—सम्वादको प्रयोगका साथै वर्णनात्मकता ।
— समाजवादी यथार्थवादी युगचेतनाको प्रस्तुति ।
कर्जा
विनोद महत नेपाल बैंक लिमिटेडमा लालपुर्जा फैलाएर म्यानेजरसँग कर्जा माग गर्दै थियो । म्यानेजर प्रश्न गर्छ, “केको लागि कर्जा ? उद्योगको लागि ? या व्यापारको लागि ?”
”हजुर, जेमा मिल्छ, दिनुपर्यो ।“
म्यानेजर दङ्ग पर्छ ।
“उद्योगको स्कीम पेश गर्नुस् । पसलको लागि भए व्यापारको आम्दानी खर्च पेस गर्नुस् ।”
विनोद दिक्क मान्छ । किनकी उसले उद्योगतर्फ या व्यापार प्रयोजनका लागि कर्जा खोजेको होइन् । उमेरले नेटो काटेको, वर्ष ७१ टेकिसकेको साधारण किसान हो ऊ । जे सोचेर लालपुर्जा फिँजाएको छ, म्यानेजर त्यो बुझ्दैन ।
दशैमा पिङ मच्चिएझैं मनमा तरंगहरू मच्चिन्छन् । मनलाई सगरमाथाझैं स्थिर बनाएर सोच्छ........के को लागि विज्ञापन गरिरहेको होला, कर्जा लिएर आउनुस् भनेर । टि.भीं, रेडियोलाई ठाडो हातले धिक्कार छ ।
कर्जा नपाउने भएपछि विनोदको सास रोकिन थाल्छ । ऊ अत्तालिन्छ । बैंकमा बसिरहन्छ । बैंकको पत्रिकालाई हातमा खेलाइरहन्छ । ऊ उठ्न सकिरहेको छैन । चुम्बकले सिटमा तानिरहेको महसुस हुन्छ । उसलाई बुझाइएको पत्रमा लेखिएको कालो अक्षर दिमागमा रिँगिरहन्छ, ती अक्षरहरूमा यमराजको आकृति देखिन्छ । अक्षरहरूले मुुटुमा घोचिरहन्छन् । अक्षरभित्र स्वास्नी, छोराछोरी सम्झिरहन्छ । पत्रमा लेखिएको छ–“हाम्रो पार्टीले ५ लाखको अपेक्षा राखेको छ, तु. बुझाउन आउनुहोला, नत्र भौतिक कारवाही हुनेछ ।
आन्दोलनकारी
रत्नवीर अस्पतालभित्र छ । दुवै खुट्टा भाँचिएको छ । झुन्ड्याइएका खुट्टाहरू हेर्दै बोलिरहन्छ, ”यो खुट्टाले काम देला ? चार महिना पुरा भयो । पहाड गएर खेती गर्नुपर्छ । घर जाँदा ठाडै उकालो चढनुपर्छ ? बाँदरझैं दगुर्ने स्वभाव मेरो, अब धोका त हुँदैन ?“
“यो टिचिङ्ग अस्पतालको बिल पनि सगरमाथा चुलिइसकेको होला ।” आँखाबा आँसु बगेर आउँछ ।
झ्यालबाट छिरेर आएको सूर्यको प्रकाशले बिछ्यौनालाई तताएर न्यानो पारिरहन्छ । ऊ बोल्दै जान्छ–“यो मनमा आनन्दको तातो कहिले आउला ।” आन्दोलन चर्किँदै छ–“मट्टितेल, डिजेलको भाउ बढेर आकाश छुने भएको छ । एफ.एम.लाई बन्द गर्न षडयन्त्र गरिँदै छ । अब ‘पुस्तक विमोचन’ गर्न गाह्रो पर्ने होला । दिनदिनै घामलाई अजिङ्गरले निल्दै छ । मनिष र रीना छोराछोरी, श्रीमतीले यहीँ छोडेर गएकी छे । आमा हुने गीता अझै आएकी छैन ।
आन्दोलनले गीताको मनलाई राम्ररी भाँचिदिएको छ । गीताले बेलाबखतमा भन्ने गर्थी–”बल्ल आन्दोलनको स्वाद भेट्नु भया हैन ? मलाई अब कसरी पाल्नुहुन्छ ? अब देशलाई शान्ति ल्याउन खोज्नेले मलाई पनि शान्ति दिन सक्नुपर्छ । जाबो बुङ्गाले राष्ट्रियताको कुरा उठाएर गएको थियौ, आन्दोलन गर्न अस्पतालको बिल तिर्न म सक्दिन । तपाईँकै नेतालाई तिर्न लगाउनुस् । म त तपाईँसँग बस्नेवाला पनि छैन । अस्पतालको बिल ३५,०००÷– पैँतीस हजार पुगिसकेको छ । अस्पतालको काउन्टर सेक्सनबाट बिल आउँछ ।”
भोलिपल् दिउँसो २ बजिसक्दा पनि खाना आउँदैन । गीतालाई सम्झिरहन्छ रत्नवीर । डेरावाल एउटा भाइले गीताको पत्र लिएर आउँछ । ऊ पढ्न थाल्छ, “.....रत्नवीर, अब म तपाईँको वशमा छैन । मलाई पनि सुखको सास फेर्ने इच्छा छ । अब कुटो, कोदालो गरेर तपाईँ मलाई पाल्न सक्नुहुन्न । त्यसैले म तपाईँले नदेख्ने र कहिल्यै भेट नहुने ठाउँमा जाँदैछु । भोलि मेरो फ्लाइट छ । म जापान जाँदै छु । मेरो जीवनसाथी दिवाकरले मलाई तपाईँले भन्दा बढी माया दिनेछ ।”
रत्नवीर झस्किन्छन् । आँखा बन्द गरेर आन्दोलनभित्र रत्नवीर हराउँछ । कानमा आन्दोलनकारीहरूको आवाज गुन्जिरहन्छ ।
एउटा रूखको पात झरे पनि नयाँ पालुवा पलाइरहन्छ ।
कानभित्र आन्दोलनको नारा घन्कि नै रहन्छ ।

No comments:
Post a Comment