![]() |
| देवेन्द्र अर्याल आँसु |
माता, पिता ः माया अर्याल÷ शिवप्रसाद अर्याल
जन्ममिति ः वि.स. २०२८ असार ११
जन्मस्थान ः गोलढुङ्गा–३, काठमाडौं
पहिलो प्रकाशित लघुकथा ः मधुपर्क मासिकको २०५१ जेठ अङ्कमा वर्ष २७, अंक १, पूर्णाङ्क ३०० मा प्रकाशित मानवता लघुकथा
लघुकथा कृति ः घाइते ईश्वर (२०६६)
कथा कृति ः अवरुद्ध छैन राजमार्ग (०६८)
सम्पर्क नम्बर ः ९८४१२७२६११
थप परिचय ः
—शिक्षण पेशामा संलग्नता ।
—अनुन्धानमूलक कृतिका साथै इतिहास, संस्कृति, कविता, गजलसँग सम्बन्धित कृति प्रकाशित ।
—विभिन्न पत्रपत्रिकाको सम्पादनको अनुभव ।
प्रवृत्तिहरू ः
— सामाजिक शोषण, अन्यायअत्याचार एवम् अन्धविश्वासका घटनाको प्रस्तुति ।
— पारिवारिक जीवनका समस्याको प्रस्तुति ।
—राजनीतिक विकृतिको विरोध ।
— धर्मका नाममा हुने गरेका अमानवीय क्रियाकलापको आलोचना ।
—कानुन पालनाका क्रममा हुने गलत क्रियाकलापप्रति व्यङ्ग्य ।
— आर्थिक क्षेत्रका समस्याको प्रस्तुति ।
—मिथकको प्रयोग ।
— लोकसाहित्यिक चेत । रचनामा उखान–टुक्काको प्रयोग ।
निरर्थक बहस
रात चुक घोप्ट्याएझै कालो थियो । सन्नाटा बढिरहेकै थियो । राजधानीको तारे होटलमा ‘महिला शोषण र मुक्ति’ विषयमा लामै बहस चलिरहेको थियो । रात चिसिँदै थियो ।
तारे होटलको सेमिनार हलमा महिला अधिकारकर्मी जोरजोरले महिला हकहित र अधिकारका लागि आवाज बढाइरहेका थिए तर त्यही होटलको पर्खाल पछाडि एउटी युवतीलाई केही केटाहरू जर्बजस्ती गर्दै थिए । ऊ आफ्नो इज्जत जोगाउन चिच्याइरहेकी थिई । कोठाभित्र महिला मुक्ति र शोषणका लागि प्रतिवाद भइरहेको थियो भने त्यही पर्खालबाहिर उसको अस्तित्व रक्षा गर्ने कोही पनि थिएन । ऊ केवल चिच्याइरही ।
रात चिस्सिदैँ थियो । जब ऊ होसमा आई, तब पनि तारे होटलमा बहस चलिरहेको थियो । जुन बहस ऊ जस्ता नारीलाई ‘कानो गोरुलाई औंसी न पूर्णेझै’ भएको थियो ।
अग्निपरीक्षा
विदेशमा काम गर्न गएका एकहुल रामहरू स्वदेश फर्किए । उनीहरूले सीताको सतित्वमाथि शङ्का गरी अग्निपरीक्षा दिनुपर्ने प्रस्ताव राखे । जब यो कुरा महिला समूहमा पुग्यो, तब जोडतोडका साथ उनीहरूले “अब सीताहरूको होइन, अग्निपरीक्षा दिने पालो रामहरूको हो ।” भन्ने निर्णय गरे ।
यस्तो निर्णय पश्चात सीताहरू रामहरूलाई लिएर जिल्ला, अञ्चल, क्षेत्रीय अस्पतालतिर लागे । उनीहरूको स्वास्थ्य परीक्षण भयो । रगत परीक्षणमा सम्पुर्ण रामहरू एच.आइ.भीं पोजेटिभ प्र्रभावित देखिए ।
तब सीताहरूले रामहरू अग्निपरिक्षामा सफल हुन नसकेको र उनीहरूलाई त्यागिएको घोषणा गरे ।
सीताहरूको कठोर निर्णयमा केही पत्रकारले प्रश्न गरे, “तपाईँहरूको घोषणा अलि कडा भएन र ?” तब सीताहरूले एउटै स्वरमा जवाफ दिए, “हामीले रामलाई त्यागेर आफ्नो परिवारलाई दुर्घटनाबाट बचाएका छौं ।”
त्यसपछि रामहरू आफूले गरेको गल्तीमा पश्चाताप गर्दै वनबासतिर फर्कन बाध्य भए ।

No comments:
Post a Comment