![]() |
| डा. पुष्करराज भट्ट |
माता÷पिता ः राधिकादेवी भट्ट÷गोपालदत्त भट्ट
जन्ममिति ः वि.स. २०३२ असार ४
जन्मस्थान ः दशरथ चन्द नगरपालिका–५, कुमाली, बैतडी
पहिलो प्रकाशित लघुकथा ः सुरभिमा वि.स. २०५७ कार्तिकमा प्रकाशित कमैया मुक्ति लघुकथा
लघुकथा कृति ः कर्मयोद्धा २०५९, मुक्तिदूत २०६२, एवम् एक थोपा सागरको २०६४, आजका लघुकथा संयुक्त, २०७४, मन्त्री र मास्क २०८०, शिखर यात्रा २०८०
कथा कृति ः आस्थानायकको अवसान २०६१
सम्पादन ः प्रज्ञा आधुनिक नेपाली लघुकथा २०७३, लघुकथाको सुगन्ध २०७५ पुस्तक एवम् नवप्रज्ञापन लघुकथा विशेषांक २०७३, नेपाली लघुकथा अंक ४, २०७४, वनिता लघुकथा विशेषांक २०७६, विनय कसजूका लघुकथा ः सिर्जना र विवेचना, २०७७
अनुवाद ः घर फर्केका पाइला २०७६, हिन्दी लघुकथा २०७९
समालोचना ः नेपाली लघुकथाका प्रवृत्ति २०७९
पुरस्कार÷सम्मान ः लघुकथा सम्मान वि.स. २०७० र २०७४, मनुमुक्त मानव स्मृति लघुकथा गौरव सम्मान भारतको हरियाणा, सन् २०१८, मनुमुक्त मानव स्मृति अन्तर्राष्ट्रिय लघुकथा सम्मान भारतको हरियाणा, सन् २०१९, वनिता लघुकथा सम्मान २०७६
थप परिचय ः
–नेपाली लघुकथामा प्रथम एमफिल एवम् प्रथम विद्यावारिधि ।
–पद्मा–रामचन्द्र लघुकथा सम्मानको संस्थापक ।
–राधिका गोपालदत्त अन्तर्राष्ट्रिय लघुकथा सम्मानको संस्थापक ।
–लघुकथा समाजको कार्यसमिति सदस्य ।
–आधुनिक नेपाली लघुकथा नामक फेसबुक पेजको व्यस्थापक ।
विश्व नेपाली लघुकथा ब्लगको सञ्चालक, सम्पादक
–पत्रकारिता एवम् स्वतन्त्र लेखनमा आबद्ध रहेको ।
–भाषा आयोग, नेपालको सदस्य
सम्पर्क नम्बर ः ९८४९२२५८८३
प्रवृत्तिहरू ः
— राजनीतिक विकृतिको विरोध ।
— सामाजिक जीवनमा देखिएका खराब चिन्तन एवम् प्रवृत्तिप्रति व्यङ्ग्य
— प्रशासनिक, धार्मिक, आर्थिक, कलासाहित्य, स्वास्थ्य एवम् विज्ञानका नाममा हुनेगरेका खराब पक्षप्रतिको आलोचना एवम् व्यङ्ग्यात्मक चेतना ।
— प्रशासनिक क्षेत्रका विसङ्गतिप्रति आलोचना ।
—व्यक्ति पात्रका गलत चिन्तन एवम् क्रियाकलापको प्रस्तुति ।
—निम्नवर्गीय जीवनप्रतिको सम्वेदना ।
— विषयवस्तुको विविधताका साथै माृतभाषामा पनि लेखन ।
झिँगा
उसले सानै उमेरमा विद्यालयमा देशभक्तिको पाठ पढ्थ्यो । गुरूले उसलाई देशप्रति वफादार बन्न र देशको हितमा काम गर्न सदैव लागिपर्नुपर्ने शिक्षा दिनुभएको थियो । ऊ मनमनै भन्थ्यो, “आहा, मेरो देश । मेरो पुर्खाले बनाएको देश ।”
उसले जागीर खाने बेलामा कसम खाएको थियो । “म सदैव देशप्रति वफादार बन्नेछु । हर समय देशको प्रगतिका लागि काम गर्नेछु ।” उसको मन देशभक्तिले आकुलव्याकुल थियो । उसमा देशभक्तिको ज्वारभाटा उम्लिएर आयो । त्यस बखत उसले भन्यो, “आहा, मेरो देश । मेरो पसिनाले सिँचिएको देश ।”
आजका दिनसम्म्म आइपुग्दा जीवनमा सफलताका अनेक सिँढी चढ्दै उसले प्रशासनिक क्षेत्रको उच्च पद पायो । उचाइमा पुगेपछि उसलाई सबैथोक झिँगा देखिन थाल्यो । भौीतक वस्तु मात्र नभएर सहकर्मी साथीभाई, कनिष्ठ कर्मचारी, नेता, कार्यकर्ता, शिक्षक, विद्यार्थी, डाक्टर, प्राध्यापक, इन्जिनियर सारा पेशाकर्मी उसलाई झिँगा लाग्न थाल्यो । उसका छोराछोरी, विगतमा साथै काम गरेका कतिपय साथीभाई पश्चिमा देशका नागरिक भईसकेका थिए । उसले अब अठोट ग¥यो, “यहाँ बसेर के गर्नु म पनि लागेँ अमेरिका ।”
पिआरधारक उसले देशले दिएको सम्मान, पदप्रतिष्ठा त्याग्यो । ऊ आफ्नी प्राणप्यारी र छोराछोरीलाई भेटन छटपटायो । आफ्ना आफन्तको भेटपछि उसले भन्यो, “नेपाल पनि देश हो र < यो पो देश । कति उन्नति, प्रगति अनि समृद्धि छ ।” त्यसपछि उसले आकाशतिर चिच्याउँदै भन्यो, “आहा, मेरो देश । मेरो सपनाको देश । मेरो समृद्धिको देश । मेरो अमेरिका । मेरी प्राणप्यारी र छोराछोरीले रोजेको देश ।”
उसको साथै रहेको एक अमेरिकनले भन्यो, “अनि टिमी जन्मेको देश नी ?”
“त्यो झिँगाको देश । त्यहाँ बस्ने सब झिँगा हुन् । खान नपाएका, लाउन नपाएका, देशभक्तिको खोक्रा नारामा भुलेका अभागी झिँगाहरू ।” ऊ बेस्सरी करायो ।
आँसुको पोखरी
नेताजी भावविव्हल थिए । एक मात्र सुपुत्रको स्मृति दिवस थियो । नेता पीडामा छन्, कार्यकर्ता पनि खुशी हुने कुरै भएन । सभामा भएका सबै मानिस विव्हल थिए ।
“महान क्रान्तियोद्धा, मेरो हृदयको तारा, मेरो छोरा, मेरो प्यारो कमरेड, तिम्रो साथले मेरो जीवन सार्थक भएको थियो, कहाँ छौ तिमी, कहाँ छौ====मेरो मुटु फुटलाजस्तो भएको छ । मनमस्तिष्क, दिलोदिमागमा तिमी नै छौ प्यारा ।” नेताजीको करुण स्वरले वातावरणलाई भिजायो । चारैतिर पीडाको साम्राज्य फैलियो ।
दिनभरको थकान अनुहारमा देखियो । राती छिट्टै सुतिहाले, थकान र पीडाको असर कायमै थियो । नेताजी सपनामा थिए । चारैतिर हरियाली, त्यसैमाथि सुुन्दर पोखरी । उहाँलाई त्यस पोखरीमा स्नान गर्न मन लागेर अर्धनग्न भएर पोखरीमा डुबुल्की मार्न पुगेछन् । एकाएक वातावरणका अनेकन कालानिला आकृतिको घेराउमा परेपछि नेताजी डराए ।
“को हौ तिमीहरू < किन मलाई घेरेका <” एकाएक भयग्रस्त स्वर निस्कियो मुुखबाट ।
म जनयुद्धको घाइते÷म जनयुद्धको सहिद÷म जनयुद्धको अपाङ्ग÷म दलित ÷म जनजाति÷ म पिछडिएको क्षेत्रको गरिब नागरिक÷म जनयुद्धमा घरबार गुमाउन पुगेको विस्थापित नागरिक÷म जनयुद्धका लागि तपाँईका कार्यकर्ताबाट ज्यान गुमाउन पुगेको निदोर्ष व्यक्तिको बुढो बाबु ।
यसरी अनेकन अनुहारको घेरामा परेका नेताजीको अनुहार भयग्रस्त देखियो । मुखबाट यति मात्र आवाज निस्कियो, “के चाहन्छौ तिमी <”
“हामी न्याय चाहन्छौं ।”
“कस्तो न्याय ।”
“हाम्रो पीडाले भरिएको आँशुको पोखरीमा पौडी खेलेर महान हुनुभएको छ, अझ कस्तो न्याय <” एकाएक विस्फोट भयो ।
नेतापत्नीले देखिन, नेताजी सपनामा “बचाऊ, बचाऊ” भनेर कराइरहेका छन् ।

No comments:
Post a Comment