![]() |
| राधा कार्की |
माता÷पिता ः पवित्रा दुलाल÷श्रीकृष्ण दुलाल
जन्ममिति ः वि.स. २०२९ चैत्र २०
जन्मस्थान ः दमक, झापा
पहिलो प्रकाशित लघुकथा ः
लघुकथा कृति ः संवाहक (२०७०)
थप परिचय ः
नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत ।
साहित्यिक—सांस्कृतिक गतिविधिमा सक्रिय ।
सम्पर्क नम्बर ः ९८४१५८७४७४
प्रवृत्तिहरू ः
— राजनीतिक क्षेत्रमा देखिने चिन्तन र व्यवहारप्रतिको असन्तुलनप्रति चिन्ता ।
— समाजमा हुने वर्गीय, क्षेत्रीय एवम् लिङ्गगत शोषणको विरोध ।
—पारिवारिक जीवनका समस्याको प्रस्तुति ।
— पुस्तान्तरणका समस्याको प्रस्तुति ।
— मानवीय मूल्यको स्खलनप्रति व्यङ्ग्य ।
— नारी जीवनका अनुभूतिको प्रधानता ।
— आधुनिक सभ्यताका नाममा देखिने विकृतिप्रति व्यङ्ग्य ।
—छोटा वाक्य एवम् अनुच्छेदको प्रयोग ।
गन्तव्य
बालमन्दिरको गेट नजिकै चोकमा करिब आठ–नौ वर्षकी एउटी बालिका दुई हातमा दस–दस केजीका पोका बोकेर हिँडिरहेकी देख्यो सीतारामले ।
“यत्रो भारी किन बोकेको नानी ? गानो जाला ।” नजिकै पुगेर सीतारामले भन्यो ।
भारी वजनले नुहिएको शरीर अलिकति उठाउँदै उसले टुलुटुलु हेरी मात्र ।
फेरि अर्को दृश्य देखियो । उही उमेरको अर्को बच्चो, किसमिस, काजु र फलफूलको झोला दुवै हातमा, बच्चीको जस्तै लच्किने गरी बोकेको ।
ती दुवै एउटै घरमा काम गर्छन् ।
बच्चाबच्चीलाई कसैले धपाएजस्तै गरी अर्को नारी–आकृति पनि देखियो, उसले पार्किङ् गरेको नाडी निकाल्दै भनिन्–“कति बिस्तारो हिँडेको । बाटोमा नअलमलिकन जानु ! भरेको लागि सबै सामान मैले अराएजस्तै गरेर राख्नु !”
सीतारामले भन्यो–“मेडम ! यत्रो भारी बोकाउनुको साटो तपाईँले पनि बोकेको भए के बिग्रन्थ्यो र ! यदि तपाईँका छोराछोरी हुँदा हुन त स्कुल जाने बेलामा तिनीहरूलाई भारी बोकाएर यसै गर्नुहुन्थ्यो ?”
तर सीतारामले जवाफ पाउनुअघि नै उनको गाडीले तीव्र्रता लिइसकेको थियो ।
कुरूप
शर्मिलाकी आमाले छोरीलाई भनिन्–“मर्ने बेलामा हरियो काँक्रो भनेझैं यो बूढीलाई घर जानुपर्यो
अरे ।”
“हैन, आमा कति कराइरहनुभएको ? बुबा र काकासँग पठाइदिए त भैहाल्छ नि !” शर्मिलाले भनी ।
“बुबा र काका त मोटरसाइकलमा जाने हो, उसलाई लिएर जान ट्याक्सी रिजर्भ गर्नुपर्छ । दुई हजार–पच्चीस सय लाग्न सक्छ । अनि त्यत्रो पैसा कसले तिर्ने ? दिएको चुपचाप खाएर नबसेर कहाँ–कहाँ हिाड्नुपर्ने ?”
“खै त हजुरआमा कहाँ हुनुहुन्छ ?”
“अस्पतालमा ।”
“अहिले हजुरआमा कति वर्षको पुग्नुभयो ?”
“बयानब्बे वर्ष ।”
शर्मिलाले आमाको अनुहार कुरूप बन्दै गइरहेको देखी ।

No comments:
Post a Comment