![]() |
| रञ्जुश्री पराजुली |
रञ्जुश्री पराजुली
माता, पिता ः सुशिला भट्टराई, ठाकुरनाथ भट्टराई
जन्ममिति ः वि.स. २००५ मंसीर २४
जन्मस्थान ः काल्धारा, काठमाडौं
लघुकथा कृति ः घाइते मनिप्लान्ट (२०७५)
थप परिचय ः
—पद्मकन्या क्याम्पसका लामो समय प्राध्यापन, हाल अवकाशप्राप्त ।
—मूलत ः बालसाहित्य त्यसपछि नियात्रा एवम् अनुसन्धानात्मक लेखनमा सक्रिय ।
—नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुक समूहको सञ्चालक ।
सम्पर्क नम्बर ः ९८४१२८६८५८
प्रवृत्तिहरू ः
— वैदेशिक जीवनका अनुभूतिको प्रस्तुति ।
— प्रवासी नेपालीका समस्याको चित्रण ।
—नवपुस्ताका संस्कारहीन कार्यको आलोचना ।
— नरनारी सम्बन्ध र तिनले निम्त्याएका जटिलताको प्रस्तुति ।
— समलैङ्गिक सम्बन्धका असहजताको चित्रण ।
— कतिपय रचनामा वर्णनात्मकता भएपनि पछिल्लो समयका रचनामा सुत्रात्मकता र सम्वादात्मक शैलीको प्रयोग ।
— राजनीतिक विकृतिको आलोचना ।
कठिन घुम्ती
“सबै साथीहरु सङ एक से एक ब्रान्डेड मोबाइल छ । आफू सङ भने थोत्रो अरुलाई देखाउन पनि लाज लाग्ने दुई पैसे खाले छ ।अब देखि मलाई फोन नगर्नुस् है ।” दम जवाफ दिन्न । भनेर सुरेश प्रत्यक दिन स्कुल जाने बेलामा बाबुलाई घुर्क्याउँछ ।
छोरालाई साम्य पार्दै बुबा चाहिँ “त्यसो न भन न बाबू । एक महिना साहुले ओभर टाईम गर्न दिए भने म तिमीलाई यो भन्दा राम्रो किनिदिन्छु । छोरालाई साम्य पार्ने उद्देश्यले बाबू सम्झाउन खोज्छन् । उनी भन्छन् “ छोरा तिम्रै उज्वल भविष्यको लागि घरमा आमालाइ एक्लै छोडेर यहाँ सानोतिनो काम गरेर पैसा कामाउँदै छु । म तिम्रो सबै इच्छा बिस्तारै पूरा गरिदिन्छु ।” सरकारियामा नभएर तिमीलाई प्राईभेट कलेजमा एघार कक्षामा भर्ना गरेको छु । तिमी पढाईमा ध्यान देउ । अरू सबै म गर्छु है !“ भनेर उनी छोरालाई सम्झाउने प्रयास गर्छन् ।
“तपाईं सधै त्यसै भन्नुहुन्छ । तर तपाईँले मेरो कुन ईच्छा पूरा गर्नु भएको छ र ?” बाबुले भएर, सकेर पनि आफ्नो इच्छा पूरा नगरेको जस्तो गर्दै रिसाएर सुरेश ढोका ढ्याम्म बजार्दै बाहिर हुत्तिन्छ । राम्रो पढेर ठूलो मान्छे बनोस् । आफुहरूको भविष्यको लौरो बनोस् भनेर दुखजेलो गरे शहर ल्याएर पढाएको छोरोको त्यस्तो क्रियाकलापले आफ्नो मुटुमा ठेस लागेपनि धर्य गर्दै बेलुकी खाना बनाएर छोराको प्रतीक्षा गरेर बस्छन् । आधा रात बितिसक्दा पनि छोरो न आएकोले उनी चिन्तित भएका थिए । त्यत्तिकैमा अकस्मात् ढोका खोलेर हुत्तिँदै छोरा सहित उस्का अरु दुई जना साथी कोठाभित्र पस्दै “ हामीले एटिएमहरुबाट पैसा लुटेर आएका छौ । हामीलाई लुकाई दिनुहोस् ।” भन्न थाले ।
कोपिला
विद्यार्थी बेलादेखि पद्य विधामा कलम चलाएर मैले गुरूहरुबाट तारिफ पाएको थिए । आफु गुरु भएपछि पनि छात्रछात्राले रचेका पद्यका पङ्त्तिहरूको आस्वादन गर्न थाले ।
कोपिला उनको नाम थियो । उनी अनुशासित छात्राहरुको अग्रिम पङ्त्तिमा थिइन् । पढाइको साथै कविता बिधामा उन्को लगाव थियो । उनले रचेका कविता स्तरिय हुन्थे । महाकवी लक्ष्मीप्रसाद देवकोटाका कव्यहरु प्रायः सबै उन्लाइ कन्ठस्थ थियो मुनामदन ।“ उनको प्रिय थियो ।
दसैंको लामो बिदा अगाडी उन्ले मलाइ “मिस ! मैले एउटा खन्डकाव्य लेख्ने प्रयास गरेको बिदामा हजुरले जाँचिदिनुहुन्छ कि ? मैले यो काव्य लोकलयमा लेखेको छु “ भन्दै पान्डुलिपी मलाइ दिइन् । मैले “हुन्छ, म पढेर प्रतिक्रिया लेखिदिन्छु ।” भने । उनले खुशी हुँदै “धन्यवाद“ भनिन् ।
बिदाको सुरुमा नै अरु काम पन्छाएर मैले उनको त्यो लघुकाव्य पढेँ जुन अति सुन्दर थियो । उनको लेखनशिल्पबाट म झनै प्रभावित भए ।
कलेज खुलेको निकै पछि मात्र उनी आइन् । उनको मुहार मलिनो थियो । खास्टो ओडेर आउँथिन । म सँग परपर हुन्थिन् । उनमा आएको त्यो परिवर्तनले म अचम्मित भएँ । एकदिन मैले नै “कोपिला मैले तिम्रो काव्य पढेँ । तिम्रो यो काव्यकोपिला मात्र मात्र नभएर सुन्दर शुभाशित पुष्पजस्तो छ । यस्लाइ प्रकाशित गर्न म भूमिका सहित पहल गर्ने छु तर आजकल किन तिमी परिवर्तित भएकी छौ ? तिमीलाई के भएको छ ? लेखेर देखाउन पनि छोड्यौ ? मैले मद्दत गरेर हुने केहि छ भने भन ? म तयार छु ।” भनेँ ।
“म अब लेख्दिन मिस, कसरी लेख्ने, हेर्नुस् । यसपालिको बिदामा तेल पिँध्ने मिलको फित्तामा जेलिएर मेरो हात.......“ भन्दै उनले खास्टो खसालेर देखाइन ।
त्यो देखेर म निशब्द भएँ किनकी उनको दाहिने हातको नाडीसम्म मिलको फित्ताले पेलेर डुँडो बनाएको आलो घाउ थियो ।

No comments:
Post a Comment