![]() |
| विश्वराज अधिकारी |
माता÷पिता ः सावित्रीदेवी उपाध्याय एवम् देवराज उपाध्याय
जन्ममिति ः वि.स. २०१५ चैत्र ७
जन्मस्थान ः छतौना, सर्लाही
लघुकथा कृति ः सूर्य (२०५४), अभिनय (२०६०), अन्तिम निर्णय (२०७४)
कथा कृति ः बहलिया (२०५८), मधुर मिलन (२०७०), मिसिसिपीको किनार (२०७१), रानीघाट (२०७२) एवम् नलेखिएको कथा (२०७६)
सम्पर्क नम्बर ः १–४०५–६२५–५७९८ (अमेरिका)
थप परिचय ः
—विरगञ्जमा अर्थशास्त्र विषयको प्राध्यापकको रुपमा काम गरेको ।
—त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायमा पढाइने एक दर्जन पुस्तक लेखन एवम् प्रकाशन ।
—अर्थ विशेष, प्रतिक दैनिकका स्तम्भकार भएर कार्य गरेको ।
—अमेरिकाको ओक्लोहोम सिटी कम्युनिटी कलेजमा प्राध्यापक ।
—प्रवासन जर्नलका सम्पादक ।
प्रवृत्तिहरू ः
—राजनीति र धर्मका सीमाको चर्चा ।
—लघुकथामा तर्कशास्त्रको प्रयोग ।
— व्यक्ति पात्रका विसंगतिका कारण उत्पन्न समस्याको चित्रण ।
—निम्नवर्गीय जीवन र पात्रप्रतिको सहानुभूति ।
—धार्मिक क्षेत्रका आडम्बरपूर्ण क्रियाकलापको आलोचना ।
— वैदेशिक जीवनका कथा । विभिन्न देशका प्रवासीका जीवन अनुभूतिको चर्चा ।
—मानिसको एक्लोपना एवम् सन्त्रासमय जीवनको चित्रण ।
—अन्तरदेशीय प्रेमसँगै आफन्तसँगको बिछोडका घटनाको प्रस्तुति ।
— सम्वादात्मक शैली ।
—प्रारम्भमा ससाना र पछिल्लो चरणमा मध्यम आकारका लघुकथा लेखन ।
परिभाषा
कार्यक्रमको समाप्ति एक महिनाको नृत्यबाट हुन थालेको थियो । सङ्गीतको धुनमा ती महिला खुलेर नाच्न थालिन् । दर्शकहरू ज्यादै प्रभावित भए त्यो नृत्यबाट । ताली पनि बजाउन थाले जोडजोडले । नृत्य गर्ने ती महिला ज्यादै प्रसन्न भईन् दर्शकहरूको प्रशंसा पाएर । झनै भावभिवोर भइ नाच्न थालिन् । ज्यादै खुसी भई आफूले लगाएको केही वस्त्र खोलेर हुत्याइन् आफ्नो नृत्यलाई प्रभावकारी पार्न । दर्शकहरू झनै प्रसन्न भए । अनि जोडजोडले ताली पिट्न थाले । नृत्य गर्ने महिलाले फेरि आफ्ना केही वस्त्र हुत्याइन्, खुसी हुँदै । दर्शकहरू झनै प्रसन्न हुँदै जोडजोडले ताली पिट्न थाले । केहीले त उभिएर नै पनि......। नृत्य गर्ने ती महिलाले नृत्य गर्दागर्दै त्यसरी वस्त्र खोलेर पनि कुशलतापूर्वक नृत्य गर्न आफूले सकेको कला दर्शकहरूले निकै रुचाए भन्ने विश्वास गरी झनै नयाँनयाँ किसिमले नृत्य गर्न थालिन् अनि लगाएको केही वस्त्र फेरी खोलिन् । दर्शकहरूले प्रोत्साहित गर्न, प्रशंसा स्वरुप पनि अझै जोडजोडले ताली पिट्न थाले । नृत्य गर्ने ती महिलाले शरिरमा केही मात्र वस्त्र राखी लगभग निर्वस्त्र नै भइन, नाच्ने क्रममा ।
कार्यक्रम सकियो । कार्यक्रम कक्षबाट निस्कने क्रममा एक दर्शकले आफ्नो साथीतर हेर्र्दै प्रतिक्रिया व्यक्त गर्यो, “कस्ती निर्लज्ज आइमाई ! छि ः झण्डै निर्वस्त्र नै हुन आँटेकी ।”
साथीको प्रतिक्रिया सुनेपछि त्यो व्यक्तिले आफ्नो त्यो साथीको अनुहारतिर हेर्दै प्रश्न गर्यो, “ती नृत्य गर्ने महिलाले आफूले लगाएको लुगा नाच्ने क्रममा खोल्दै, हुत्याउँदै गर्दा किन ताली पिट्दै थियौ खुब खुसी भएर ? अझै उफ्रीउफ्री ।”
आफ्नो प्रतिक्रियामाथि साथीले गरेको प्रतिक्रिया सुनेपछि नृत्य गर्ने ती महिलालाई निर्लज्ज भन्ने व्यक्तिले धेरै बेर घोरिएर केही सोच्यो । सायद, निर्लज्जको अर्थ खोजेको होला ।
ढोङ
बिसौंको हत्या गरेर एक डाँका समूहले करोडौँ रुपियाँ, सुनचाँदी आदि हात पा¥यो । त्यस समूहका सबै डाँकाहरू मिली खुसी मनाउन एक भव्य भोजको आयोजना गर्न सहमत भए ।
भोजको आयोजना भयो । किसिम किसिमका खानाहरूका परिकार तयार भए । खानपिन कार्यक्रम आरम्भ हुनु केही क्षण पूर्व नवनियुक्त सहायकले डाँकाको मुख्य सरदारतिर हेरेर अत्यधिक खुसी हुँदै भन्यो, “सरदार ! किसिमकिसिमका खानाहरू तयार पारेको छु । कुखुराको भुजौटा, खसीको पक्कु, बगेडी, बोआरी माछा.......। गजब छन् खानेकुराहरू । त्यसमाथि रहरीको दाल र बासमती चामलको भात ।”
सहायकको कुरा सुनेपछि खुसी व्यक्त गर्नुको साटो ज्यादै क्रोधित हुँदै त्यो मुख्य सरदारले हप्कायो, “ए साले, हरामी, तँलाई थाहा छैन म शाकाहारी हो भनेर ? हेर, मेरा घाँटीमा के छ ? कण्ठी हो यो यो तुलसीका. । मैले घाँटीमा तुलसीको कण्ठी झुण्ड्याएको छु । माछा, मासु, अण्डा केही पनि चल्दैन ।”
मूख्य सरदारको नकारात्मक प्रतिक्रिया सुनेपछि त्यो सहायक निकै भयभित भयो । मुख्य सरदारले के कारवाही ऊमाथि गर्ने हो, अनुमान गर्न थाल्यो ।
मुख्य सरदार कति बढी रिसाएका छन् भनी अनुमान गर्न त्यो सहायकले डराउँदै उसको मुखतिर हेर्यो । मुख्य सरदारको क्रोध शान्त भएको थिएन । सहायकले क्रोधको अनुमान गर्न फेरि मुख्य सरदारको मुख हेर्यो । मुख्य सरदारको कमिजमा रगतका थुप्रै आला दागहरू देखियो त्यो सहायकले । आफूलाई रोक्न नसकेर मानव रगतका ती आला दागहरूलाई त्यो सहायकले धेरै बेर एकटकले हेर्याहेर्यै गर्योै ।

No comments:
Post a Comment