![]() | ||
| अवतार ढकाल |
जन्ममिति ः २०३२ पुस १६
जन्मस्थान ः याकु ७, भोजपुर
पहिलो प्रकाशित लघुकथा ः जनभेट साप्ताहिकमा वर्ष ६, अङ्क ३९ मा २०७५ फागुन १ गते प्रकाशित उफ पत्रकारिता लघुकथा ।
लघुकथा कृति ः नियतिको खेल (२०७६)
पेशा ः शिक्षण सेवा ।
सम्पर्क नम्बर ः ९८४४०६०६५८
प्रवृत्तिहरू ः
— पारिवारिक–सामाजिक जीवनका लघुकथाको प्रस्तुति ।
— आधुनिक सभ्यताका नाममा उत्पन्न विकृतिको आलोचना ।
— नारी शोषणको विरोध ।
—सामाजिक सञ्जालको दुरुपयोगप्रति चिन्ता ।
— पत्रकारिता क्षेत्रका विसङ्गतिको विरोध ।
—राजनीतिक विकृतिको आलोचना ।
—धार्मिक क्षेत्रका विकृतिको आलोचना ।
—संवादात्मक शैलीको प्रयोग ।
सत्ताका भगवान
उसको र मेरो डेरा एउटै फ्लयाटमा थियो । कहाँ, के गथ्र्यो, केही थाहा थिएन । हाम्रो बाहिर निस्किने समय प्रायः एउटै हुन्थ्यो । मलाई पूजापाठ र मन्दिर जाने कुरामा खासै जाँगर लाग्दैनथ्यो । ऊ भने बिल्कुल फरक थियो । बिहानै उठेर कोठाका भित्ताभरि राखेका एउटै भगवानका अलग–अलग पोजका फोटाहरूमा पूजा गथ्र्यो ।
“होइन, तपाईँ त नास्तिक हो, कि के हो ?” ऊ बारम्बार सोध्ने गथ्र्यो ।
म “होइन” भन्थेँ ।
ऊ पत्याउँदैनथ्यो ।
”आस्तिक भए त कुनै न कुनै भगवानको पूजा गर्नुपर्ने । मन्दिर जानुपर्ने । अप्ठ्यारो परेको बेला कुनै पनि देवताले हेर्र्दैनन् नि ।“ ऊ चेतावनी दिन्थ्यो ।
”मैले अहिले मान्ने गरेको भगवान मान्न सुरु गर्नु अगाडि म अर्कै भगवान मान्थेँ । खासै पावर रहेनछ उनको । अहिलेको भगवान मान्न थालेपछि भने प्रगति नै प्रगति भएको छ ।” ऊ आफ्नो भगवानको जयगान गरेर थाक्दैनथ्यो ।
”बुझ्नुभो । यो देउता, सेउता वाहियात् रहेछ । अब पनि नास्तिक भएँ । तपाईँले पूजासूजा नगरेको ठिकै रहेछ ।” एक साँझ मेरो ढोकाबाट भित्र हेर्दै उसले अप्रत्याक्षित कुरा ग¥यो ।
करिब एक हप्तापछि एक दिन बिहानै उसले कोठामा फलाक्दै गरेको मेरै कोठासम्म सुनियो, “हेर्नुहोस्, अरू जे भएपनि नेपालमा बसेपछि भगवान त मान्नैपर्ने रैछ । म त फेरि आस्तिक भएँ ।” उसले आफ्नो कोठाको भित्तातिर इशारा गर्दै भन्यो ।
मैले बाहिरैबाट भित्ताका फोटाहरूतिर नजर दौडाएँ । यसपटक उसले सत्ताका भगवानका फोटाहरू टाँसेको रहेछ ।
प्रणय दिवस
“मामु, हाम्रो बाबाचाहिँ कहाँ हुनुहुन्छ ? सबैका बाबा छन्, मेरो चाहिँ खोई ?” सानो हुँदा मैले आमालाई बारम्बार सोधिरहन्थेँ ।
“बाबु, तिम्र्रो बाबामाथि आकाशभन्दा नि माथि आकाशभन्दा माथि ताराहरूको देश जानुभको छ ?” आमा आकाशतिर पछेउरीले आँखा पुछ्दै भन्नुहुन्थ्यो ।
“के भयो मामु ?” उसले सोधेको थियो ।
“केही होइन । आँखामा कसिङ्गर पस्यो । जाऊ खेल्न ।” आमा भन्नुहुन्थ्यो ।
पछि हुर्किँदै गएपछि आमाले केही नभएरै मैले थाहा पाएँ, मेरो बाबा म जन्मेको केही समयपछि नै गइसक्नु भएको रहेछ । कहिल्यै नफर्कने गरेर ।
प्रणय दिवसको दिन । आफ्ना प्र्रेमिकासँग भेटघाट गर्ने कार्यक्रम तय भएको थियो । घरबाट बाहिर निस्कनु अगाडि आमालाई जानकारी गराउन उहाँको कोठातिर गएँ । रोमान्टिक गीतहरूका पङ्क्तिहरू आफसेआफ मुखबाट निस्किरहेका थिए ।
“प्रेम दिवसको शुभकामना । तिम्रै यादमा बाँचिरहेकी छु । छोरो अझै सानै छ । तिम्रो चिनो अहिलेसम्म गलत बाटोमा लागेको छैन । उसकै अनुहारमा तिम्रो बिम्ब हेरेर बाँचिरहेकी छु ।” ढोका बाहिरै आमाको आवाज सुनियो ।
बिस्तारै ढोका खोलेँ । बाबाको तस्वीर अगाडि उभिएर आमा बोलिरहनु भएको थियो । आँखाबाट बगेका आँसु दुवै गाला छिचोलेर तलतिर झरिरहेका थिए ।

No comments:
Post a Comment