Wednesday, 7 August 2024

विनय कसजू ः परिचय, प्रवृत्ति र लघुकथा


विनय कसजू

माता÷पिता ः मोतिलक्ष्मी कसजू ÷ मोतिकुमार कसजू

जन्ममिति ः २००४ भाद्र २५

जन्मस्थान ः पाल्पा, तानसेन 

पहिलो लघुकथा ः कविको जिब्रो काटियो । भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णय पत्रिकामा २०२७ वैशाख २१ र २२ गते बिषपान लेखको अग्रभागमा उदाहरणको रूपमा प्रकाशित

लघुकथा कृति ः 

विजय सागरसँग मिलेर चौतारो भाग एक र दुई  (२०३३÷०३४) हवाईपत्रमा चार–चार रचना प्रकाशित ।

पशुतन्त्र (२०३९)

 लिस्नो (२०५३)

 थोपाथोपा (२०५७) 

 स्याललाई स्लिपिङ व्याग (२०६६)

सम्पादन ः प्रतिनिधि नेपाली लघुकथाहरू  (२०६५), प्रकाशक ः विवेक सिर्जनशील प्रकाशन ।


प्रवृत्तिहरू ः 

 — समाजवादी यथार्थवादी चिन्तनको प्रस्तुति

— निम्नवर्गीय जीवनप्रतिको सम्वेदना ।

— राजनीतिक विकृतिको विरोध, सामाजिक आडम्बरका साथै प्रशासनिक भ्रष्टताविरोधी चेतना । 

— भाषा–साहित्य क्षेत्रका गलत चिन्तन एवम् क्रियाकलापप्रति आलोचनात्मक स्वर ।  

—न्यायकानुन क्षेत्रका विकृतिप्रतिको व्यङ्ग्यचेत ।

— पशुपंक्षी पात्र एवम् पुराकथाका माध्यमबाट तत्कालीन युगजीवनका विसङ्गत परिवेशप्रति असहमत भाव, परिवर्तनधर्मी चेतनाको प्रस्तुति । 

— मानवेत्तर पात्रको प्रयोग, इतिहास एवम् पुराणको सन्दर्भको प्रस्तुति । 

— बिम्ब एवम् प्रतिकको प्रयोग ।

—राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक क्षेत्रका विसंगतिप्रति आलोचनात्मक चेत ।


विशेष पक्ष ः

—लघुकथा विषयक अनुसन्धानकर्ता ।

 विनयकुमार कसजूको थोपाथोपा (२०५७) इन्टरनेटमा राखिएको पहिलो नेपाली साहित्यिक कृति ।

—नेपाली लघुकथा लेखनमा चार दशकभन्दा लामो साधना ।

—पत्रकारिता क्षेत्रमा गाउँले पत्रकारिताका प्रारम्भकर्ता ।

—प्रविधिका माध्यमबाट सिर्जनात्मक कार्यमा अग्रसरता ।

—राष्ट्रिय सुचना आयोगको प्रथम प्रमुख आयुक्त ।


अग्निपरीक्षा

उहिलेको कथामा धोबीले सीताको बारेमा भनेको कुरा गुप्तचारबाट सुनेर रामले गर्भवती सीतालाई परित्याग गरेका थिए । दुइटा जुम्ल्याहा छोरा पाएपछि सीताले भूमिप्रवेश गरेर आत्महत्या गरेकी थिइन् । 

अहिलेका राम धोबीसँग च्याट गर्दै छन् । 

राम ः धोबीजी, के छ हालखबर ? भाउजुलाई सञ्चै छ ?

धोबी ः त्यसको कुरा नगर्नुस् । त्यसलाई मैले घरबाट निकालिदिएँ ।

राम ः किन ? के भयो ?

धोबी ः म विदेश गएको बेलामा घरमा एक्लै बस्न डर लाग्यो भनेर दिदीभिनाजुकहाँ बस्न गइछे । त्यस्तीलाई मैले कसरी घरमा ल्याउने ? त्यसको पेटको बच्चा मेरै हो भन्ने के ग्यारेन्टी ?

राम ः त्यो कुनै समस्या होइन । टेस्ट गरे त थाहा भइहाल्छ नि ।

धोबी ः के टेस्ट, अग्निपरीक्षा ?

राम ः अग्निपरीक्षा त उहिलेको कुरा हो । अहिले त वैज्ञानिक तरिका आएको छ । डिएनए टेस्ट गरे थाहा भइहाल्छ । 

धोबी ः हे भगवान ! त्यसो भए सीता महारानीलाई किन बनबास पठाउनु भएको त ? 

आरोह–अवरोह

आगन्तुक ढोकाबाट भित्र पस्दै छ ।

— हजुर यतिबेला कता पाल्नुभएको ?

— म यहीँ आएको, सुराक पाएर ।

— त्यस्तो केही छैन हजुर, बरु यो ......

—कति छ ? 

— दुइटा छ हजुर । 

— के खेलवाड गरेको !

आगन्तुक  भर्याङमा पुग्छ । 

— हजुर भूल भयो । पाँचवटा टक्र्याएँ ।

— केटाकेटी कुरा नगर ।

आगन्तुक सरासर माथि जान्छ । 

पछिपछि लागेर एक तला माथि पुग्छ । 

— हजुर, रिसानी माफ होस् । दसैवटा टक्र्याएँ  । 

— बल्ल बुद्धि ठेगानमा आयो ? को को छन् माथि ?

— हजुर उनै पुराना छन् । आजकाल सुक्खा छ हजुर । 

— ल, ल, चुप लाग ।

आगन्तुक फर्कन्छ । 



No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...