Saturday, 17 August 2024

दुलर्भलाल सिंह ः परिचय, प्रवृत्ति र लघुकथा

 दुलर्भलाल सिंह

(दुर्लभलाल सिंहको फोटो शब्दपथबाट साभार लिइएको हो ।)

जन्म ः वि.सं. १९९२
 मृत्यु ः वि.सं. २०४५ 
लघुकथा कृति ः 
 किकिंपा (नेपाल भाषामा) 
दथु मिखा (नेपाल भाषामा) 
 वयात छेँ न पितिन (नेपाल भाषामा) 
झुलभित्रको मान्छे (२०३७, नेपालीमा) 
 नेपाली एवम् नेपाल भाषाको लघुकथा लेखनमा संलग्न

प्रवृत्तिहरु ः
लघुकथा रचना ः

रथ
जति ताने पनि सर्दै सर्दैन । तान्नेहरू सबै हैरान भैसके । उता रथभित्र देवता यसरी विचार गर्दैछन्—यी मान्छेहरू कति मतलबी छन् । आफू भने जेटमा, रकेटमा बसेर यात्रा गर्छन् । मलाई भने त्यही सिमसिम राजाको पालादेखिको रथमा राखेर तान्दैछन् । दुख भयो भने मलाई नै सम्झिन्छन् । मोज गर्ने बेलामा भने आफै मात्रै ।

यसरी विचार गर्दै देवता स्थिर भएर बसे । एकदम हलचल नगरिकन । तर रथ तान्ने मान्छेहरू मानेकै होइनन् । आज पुर्याउनुपर्छ भनी ढिपी गर्दै रथ तान्दैछन् । बल गर्दागर्दै आखिर रथ तानिहालियो । जान्न भन्दाभन्दै पनि आफूलाई लगेको देखेर देवताको अनुहार फेरियो ।

रथलाई पुर्याउनुुपर्ने ठाउँमा पुर्याइहालियो । ढवाङढवाङ तोप पनि पटकियो र रथ ठाउँमा पुगेको सङ्केत दिँदै । सब खुशी भए ।

तर उता देवताको पूजारी रथमा देवतालाई नदेखेर पसिना चुहाउँदै थियो ।

जीवन
जीवनको खोजीमा डुबुल्की मारिरहेको त्यो दाह्रीवाल मान्छे पुस्तकको घेराभित्र बस्दै विचारमा तल्लिन थियो ।

विचार गर्दागदैै त्यो मान्छे अचानक कराउन थाल्यो—जीवन के हो ? जीवन के हो ? जीवन के हो ? कराउँदै ऊ उठ्यो । अनि दगुरेर बाहिर गयो । तर ऊ कराउँदै थियो—जीवन के हो ?

कराउँदै दगुरेको मान्छे बाग्मतीको पुलमा पुुग्यो । उसको श्वास तीव्र गतिमा चलिरहेको थियो । खुट्टा पनि लरबडाई रहेको थियो । त्यो त्यहीं लड््यो । नदी कलकल कराउँदै बगिरहेको छ । हावा पनि आफ्नै धुनमा फरफर गर्दैछ ।

मानो तिनीहरूले भनिरहेछन्–हामी आफ्नै धुनमा जान्छौँ । यही हाम्रो जीवन हो । जब हामी हाम्रो तालमा रहँदैनौं, हाम्रो अस्तित्व रहँदैन ।

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...