![]() |
| दुलर्भलाल सिंह |
(दुर्लभलाल सिंहको फोटो शब्दपथबाट साभार लिइएको हो ।)
मृत्यु ः वि.सं. २०४५
लघुकथा कृति ः
किकिंपा (नेपाल भाषामा)
दथु मिखा (नेपाल भाषामा)
वयात छेँ न पितिन (नेपाल भाषामा)
झुलभित्रको मान्छे (२०३७, नेपालीमा)
नेपाली एवम् नेपाल भाषाको लघुकथा लेखनमा संलग्न
प्रवृत्तिहरु ः
लघुकथा रचना ः
रथ
यसरी विचार गर्दै देवता स्थिर भएर बसे । एकदम हलचल नगरिकन । तर रथ तान्ने मान्छेहरू मानेकै होइनन् । आज पुर्याउनुपर्छ भनी ढिपी गर्दै रथ तान्दैछन् । बल गर्दागर्दै आखिर रथ तानिहालियो । जान्न भन्दाभन्दै पनि आफूलाई लगेको देखेर देवताको अनुहार फेरियो ।
रथलाई पुर्याउनुुपर्ने ठाउँमा पुर्याइहालियो । ढवाङढवाङ तोप पनि पटकियो र रथ ठाउँमा पुगेको सङ्केत दिँदै । सब खुशी भए ।
तर उता देवताको पूजारी रथमा देवतालाई नदेखेर पसिना चुहाउँदै थियो ।
जीवन
जीवनको खोजीमा डुबुल्की मारिरहेको त्यो दाह्रीवाल मान्छे पुस्तकको घेराभित्र बस्दै विचारमा तल्लिन थियो ।
विचार गर्दागदैै त्यो मान्छे अचानक कराउन थाल्यो—जीवन के हो ? जीवन के हो ? जीवन के हो ? कराउँदै ऊ उठ्यो । अनि दगुरेर बाहिर गयो । तर ऊ कराउँदै थियो—जीवन के हो ?
कराउँदै दगुरेको मान्छे बाग्मतीको पुलमा पुुग्यो । उसको श्वास तीव्र गतिमा चलिरहेको थियो । खुट्टा पनि लरबडाई रहेको थियो । त्यो त्यहीं लड््यो । नदी कलकल कराउँदै बगिरहेको छ । हावा पनि आफ्नै धुनमा फरफर गर्दैछ ।
मानो तिनीहरूले भनिरहेछन्–हामी आफ्नै धुनमा जान्छौँ । यही हाम्रो जीवन हो । जब हामी हाम्रो तालमा रहँदैनौं, हाम्रो अस्तित्व रहँदैन ।

No comments:
Post a Comment