![]() |
| डा. विष्णु राई |
माता÷पिता ः पर्वतकुमारी राई, विर्षबहादुर राई
जन्ममिति ः वि.स. २०१३ कार्तिक १९
जन्मस्थान ः खोटेहाङ–५, चिपरिङ, खोटाङ
पहिलो प्रकाशित लघुकथा ः मध्यान्तर पत्रिकाको अंक ९ मा २०५३ सालमा प्रकाशित उसले पार्टी छोड्यो लघुकथा
कथा कृति ः माला (२०३६), परपर (२०५५) एवम् अटोग्राफ (२०७३)
(परपर र अटोग्राफमा लघुकथा पनि समावेश)
सम्पर्क ः ९८४१३६७९३५
थप परिचय ः
—बानेश्वर क्याम्पसमा समाजशास्त्र विषयको प्राध्यापक ।
—विभिन्न साहित्यिक—सांस्कृतिक गतिविधिमा सक्रिय ।
प्रवृत्तिहरू ः
— राजनीतिक क्षेत्रका विसंगतिको आलोचना ।
— कर्मचारीतन्त्रमा देखिएको अव्यवस्था, अराजकता एवम् भ्रष्टाचारको आलोचना ।
— सामाजिक विभेदप्रति चिन्ता ।
— सुविधाभोगी एवम्् भ्रष्ट राजनीतिकर्मीका क्रियाकलापको आलोचना ।
—सम्वादको समुचित प्रयोग ।
लक्ष्य
काठमाडौं सहर हुस्सुले छोपेको छु । विद्यालय जाने विद्यार्थीहरू सडकमा बस पर्खिरहेका छन्् । कार्यालय जानेहरूको हतास भीड देखिन्छ । सडकमा यातायातको कर्कश भीड देखिन्छ ।
समयमा क्याम्पस पुग्न भुवन सरलाई सँधै हतार छ । घरबाट निस्कँददा छोरालाई स्कुल पुर्याउँदै जाने नियमित कार्य हो । छोराले नजान रोर्याइँ देखायो । छोरालाई फकाउँदै भन्यो, ”विज्ञान ज्ञानी छ । पढेर ठूलो मान्छे बन्छ । क्याम्पस पढाउँछ ।“
छोराले प्रस्ताव राख्यो, “त्यसो भए क्याटबरी किनिदिनोस् त ।”
भुवनको छातीमा छुरा भासियो । तीस रुपैयाँले तीन छाक तरकारी खान सकिन्छ । सरको लागि यो ठूलो कुरा थियो । फेरि भन्या–“त्यो होइन । अर्कै किनौंला । रामप्रसाद खरदार अङ्कलको जस्तो पाँचतले घर बनाउनु पर्छ ।” छोराले सोध्यो, “खरदार अंकल र तपाईँ कसले धेरै पढनु भएको छ ?”
“मैले पढेको छु । एम.ए. पढनेहरूलाई पढाउँछु । उसले एस.एल.सी. मात्र पास गरेको छ ।”
“त्यसो भए उहाँले कसरी घर बनाउनु भयो त ?” छोराको प्रश्नले भुवन अकमकियो । प्रश्न उत्तर जटिल थियो । उसले भन्यो, “ऊ भन्सारमा जागीरे छ ।”
“त्यसो भए म एस.एल.सी. सम्म पढ्छु ।” छोराले प्रतिज्ञा गर्यो ।
राजनीति
मेरो छोरा विक्रम कक्षा नौमा पढछ । हामी बेलुकी भात खाँदै थियौं । छोराले अनायस कुरो कोट्यायो “बुवा ! आज मेरो सरले तिम्रो डेडी मम् के गर्छन् ? भनेर सोध्नुभयो । मैले बुवा ममी दुवै प्राध्यापन कार्य गर्नुहुन्छ भनिदिएँ ।”
मैले मुस्कुराउँदै भनेँ–“तिम्रो ममीको विषयमा त ठीकै भनेछौ, मेरो विषयमा तिम्रो सरलाई सत्य कुरा बताइदिएको भए हुन्थ्यो । म प्राध्यापन छोडेर राजनीति गर्दैछु । तिमीलाई थाहा छैन ।”
“थाहा छ । सरहरू राजनीति भनेपछि घृणा गर्दछन् । इतिहासको विषय पढाइ भयो कि, नेताहरूलाई साफ गाली गर्छन् । त्यसैले लाज लाग्यो ।”
मैले हाँसोलाई कैद गरेँ । वास्तवमा मलाई आज थाहा भयो । मेरो उचाइको औचित्य । कति निरिह छु म, एउटा बालकको अगाडि । म नाङ्गो रहेछु वास्तविकताबाट । छोरालाई भनेँ, “ठीक भनेछन् सरहरूले । बिग्रेको राजनीति सपार्न बुबा जागीर छोडेर राजनीतिमा लाग्नु भएको छ भनेको भए भइहाल्थ्यो ।”

No comments:
Post a Comment